पथरीशनिश्चरेको प्रसुति गृहमा पहिलो बच्चा जम्माउने दश हजार

असोज ९ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –२, मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनको प्रसुति गृहमा पहिलो बच्चा जन्माउने लाई नगरपालिकाले नगद बितरण गरेको छ । सोही वडाकीे रेणुका विश्वकर्मालाई नगरपालिका कार्यालयले प्रोत्साहन स्वरुप नगद १० हजार रुपैया रकम दिएको हो ।

 

मंगलबार नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितले नगद विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकीको प्रसुति सेवाको उपयोग गर्दै आफ्नो तेस्रो सन्तानका रुपमा छोरालाई १ महिना अघि विना अपरेशन जन्म दिएका थिए । नगरमा प्रसुति सेवाको सुविधा नभइरहेको अवस्थामा १ महिना अघि सुरु गरिएको प्रसृति सेवाबाट स्थानीय लाभान्वित भएको सोही वडाका समाजसेवी वावुराम राईले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *