पुण्यतिथिमा कालिकोशी ग्रामथानलाई गेट

भदौ २३ गते, कानेपोखरी । आमाको २४ औँ पुण्यतिथिमा मोरङ कानेपोखरी गाउँपालिका दुई दाजुभाईले कालिकोशी ग्रामथानलाई गेट हस्तान्तरण गरेका छन् ।
वडा नं. ८,का कमल र बिनोद धिमालले आफ्नो वडा नम्बर ५ मा रहेको कालिकोशी ग्रामथानमा गेट निर्माण गरी शुक्रबार चाबी हस्तान्तरण गरेका छन् ।स्वगीय ५८ बर्षिय आमा भूसाइनी धिमालको नाममा ५३ हजार बराबरको निर्मित गेटको चाबी हस्तान्तरण गरेको हो ।

निर्मित गेटको चाँबी गाउँटोलको अध्यक्ष विनोद धिमाललाई हस्तान्तरण गरेको हो । कालिकोशी ग्रामथानमा त्यहाँहरुको धिमालहरुले पुजाआज गर्दै आएका छन् । धिमाल परिवारले गत बर्ष कालिकोशी बाढीपीडितलाई पनि त्रिपाल, चामल लगाएतका १२ हजार बराबरको सामानहरु वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *