कानेपोखरीमा पानीमा डुबेर दुई बालकको मृत्यु

भदौ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिको वडामा पानीमा डुबेर डुबेर दुई बालकको ज्यान गएको छ । वडा नम्बर ५ मा सानो चिसाङ खोलाले बगाएर ६बर्षिय र वडा नम्बर ३ मा आफै माछा पोखरीमा डुबेर २ बर्षिय बालकको ज्यान गएको हो ।

 

आइतबार वडा नं. ५, स्थीत कानेपोखरी चौकबाट पश्चिम चिसाङ खोला छेउको सुकुम्बसी टोलमा बस्ने श्याम दर्जीको ६ बर्षिय छोरो रेशम दर्जीको सानो चिसाङ खोलाले बगाएर ज्यान गएको थियो ।

बिहान ८ बजे घरबाट हराए दर्जीको स्थानीय र प्रहरीले पूर्वपश्चिम राजमार्ग देखि १ सय मिटर दक्षिणमा सानो चिसाङ खोलाको बिचमा अड्किको अवस्थामा बालकको शव फेला पारेका थिए ।

 

कानेपोखरी चौक र चिसाङ खोलाको बिचमा सानो चिसाङ खोला बर्षायाममा बग्ने गरेका छन् । पहाडमा पानी परेकोले खोलामा सानो बाढी आएको कारण बालकलाई बगाएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बजगाईले बताए ।

त्यसैगरी कानेपोखरी वडा नं. ३ मा आफ्नो घरको माछा पोखरीमा डुबेर दुई बर्षे बालकमो ज्यान गएको छ । आइतबार दिउँसो २ बजे हरकपुर स्थीत बिशाल राईको २ बर्षे बालक अभि राईको माछा पोखरीमा डुबेर मुत्यु भएको हो ।

 

हजुरबुबासँग खेतमा घाँस काट्न सँगै गएको र घाँस काटेर घर आउँदा नानी नभएपछि पोखरीमा जाँदा पोखरीको पानीमा मृत अवस्थामा भेटिएको इस्पेक्टर बंजगाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *