रेणुकाले बच्चा जन्माइन, जनप्रतिनिधिहरुले मिठाई खाए

भाद्र १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे २ मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी रेणुका विश्वकर्मा पहिलो बच्चा जम्माउने आमा बन्नेका छन् ।

 

रेणुका विश्वकर्माले प्रसुति केन्द्रमा पहिलो बच्चा जन्माएको खुशियालीमा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईं,वडा सदस्यहरुले प्रसुति केन्द्रमै मिठाई बाढेका थिए ।

 

विश्वकर्माले स्वास्थ्य चौकीको प्रसुति सेवाको उपयोग गर्दै आफ्नो तेस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएको हो । उहाँले विना अपरेशन् सामान्य रुपमा बच्चालाई जन्म दिएको स्वास्थ्यचौकी याम खड्काले उल्ले गरे ।

 

नगरपालिकाले प्रसुति केन्द्रमा पहिलो बच्चा जम्माउनेका लागि १० हजार रुपैयाँ उपहार दिने निर्णय गरेको छ । सो केन्द्रमा दोस्रो पटक बच्चा जन्माउनेमा वडा नम्वर १ की ३८ वर्षीया सावित्रा ठकुरी रहेका छन् ।

 

नगरमा प्रसुति सेवाको सुविधा नभइरहेको अवस्थामा भर्खरै सुरु गरिएको प्रसृति सेवाबाट स्थानीय लाभान्वित भएको सोही वडाका समाजसेवी वावुराम राईले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *