पथरीको मेगा लाइभ कन्सर्टमा दिपक बज्राचार्य आउँर्दै

भदौ १२ गते, पथरी । चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगितिक समूह रिदम र नेवारी संस्कृतिक समूहका साथमा मोरङको पथरीशनिश्चरे नगरमा मेगा लाइभ कन्सर्टको लागी आफ्नो सांगीतिक प्रस्तुति दिन आउँदैछन् ।

 

स्थानीय कलाकारको प्रतिभालाई प्रवर्दन गर्ने मूल उद्देश्यका साथ आगामी भदौ २२ गते शुक्रबार पथरीशनिश्चरे नपाको पथरी रंगशालामा टुबोर्क मेगा लाइभ कन्र्सट २०७५ मा गायक दिपक बज्राचार्य गुन्जिनेछन ।

 

गायक बज्राचार्यको काली काली हिस्सी परेकी…..,ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा, अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन ,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगन जस्ता थुप्रै चर्चित गीतहरु दिएर देश–विदेशमा अहिले सम्म उतिकै व्यस्त भैरहने गायकमा उनको पनि नाम आउँने गरेका छन् ।

 

गायक बज्राचार्य पछिल्लो समयमा आफ्ना पुरानो गीतहरुमा समेत नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाचहरु को सम्मिस्रण गरि आफ्नो भिन्न पहिचान सफल बनाउर्दै पूर्णत नेवारी संस्कृतिलाई आधुनिक रुपमा पस्किएको पछिल्लो नया गीत मनमगनले उनलाई पुन नया उचाई दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

टुबोर्गको प्रस्तुती माउन्ट एभेष्ट एण्ड स्पोर्टको संयोजनमा नेवा स् दय दबुको सहभागीतामा हुन लागेको कन्सर्टमा डिल्ली फोम्बो, नेपालकै फाष्ट ¥यापर बुलेट फ्लोका साथै सामाजिक सञ्जालमा भाइरल बनिरहेका बालक मनिश लिम्बुको समेत प्रस्तुति रहने संयोजन समितिका संयोजक टेकेन लिबाङले जनाएको छ ।

 

करिब ८ लाख भन्दा माथि खर्च हुने अनुमान गरिएको मेगा लाइभ कन्सर्टलाई टुबोर्ग वियरले प्रायोजन गरेको छ । साँझ ७ बजेबाट सुरु हुने सो कन्सर्टको टिकटबाट मुनाफा आएको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिने मंगलबार पत्रकार सम्मेलनमा संयोजन समितिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *