जाँतेमा टंयाङ्कीको पानी पिउन अझै डराउँछन् विद्यार्थी

भदौ १३ गते, लेटाङ । घटना भएको दुई हप्ता वित्दा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भने टंयाङ्कीको पानी पिउन डराउने गरेका छन् ।

विद्यालयको खाने पानीको टंयाङ्कीमा लगाईएको त्रास कै कारण अहिले सम्म विद्यालयमा टंयाङ्कीबाट आएको धाराको पानी पिउन डराउँदै आएको हो । ‘बिष’ को त्रासको कारण अहिले प्रत्येक विद्यार्थीले घरबाटै किताबको व्याग सँग सगै प्लाष्टिकको बोतलमा पानी पनि बोकेर आउँने गरेका छन् ।

विद्यार्थीले बोतलमा ल्याएको पानी सकिएमा विद्यालयले जारको पानीको व्यवस्था गरेको छ । दिनमा ७ वटा जार सकिन्छ । एउटा २० लिटरको जारलाई ६० रुपैया पर्ने जान्छ, आयश्रोत छैन अहिले सम्म विद्यालयले नै खरिद गरेको प्रधानाध्यापक खेमराज दुलालले बताए ।

विद्यालयमा खानेपानी ट्याङ्कीबाट ल्याएको अर्को धारा पनि छ तर विद्यार्थीले खान मान्दैनन् । त्यो धाराबाट हात, खुट्टा मात्र धुन्छन् विद्यार्थीले बरु आफैले घरबाटै पानी बोकेर आउँने शिक्षक खगेन्द्रराज खतिवडाले बताए । अव फिल्टर र विद्यालयमा राखिएको टयाङ्कीलाई व्यवस्थीत गरेर धाराको पानी विद्यालयमा सुचारु गरिने प्रधानाध्यापक दुलालले बताए ।

 

साउन २९ गते बिहान लेटाङ नगरपालिका –९, स्थीत जाँतेको श्रीमाबीको खाने पानीको टंयाङ्कीमा बिषादी लगाएको पानी खादा २९ जना बिद्यार्थी बिरामी परेका थिए । ती मध्ये ७ जना सिकिस्त भएका थिए ।

 

घटना पच्छात खानेपानीको टयाङ्की खोलेर हेर्दा साइपर मेथिन १० प्रतिशत नामक बिषादीको खाली बट्टा भेटिएको थियो । पानी खाने ठाउँमा चेन गेट भएपनि विद्यालयको तलामाथी सिडीको भाग खुल्ला र फिल्टर टयाङ्की र पिउने पानीको टयाङ्कीको ढकनी खुल्लै भएकोले अज्ञात समूहले धानमा लगाउने बिषादी लगाई दिएको थियो ।

 

घटना पच्छात जिल्ला प्रहरी कार्यालय मोरङको डिएस्पी निशान थापाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न टोली गठन गरेको थियो । अनुसन्धान टोली गठन गरेता पनि टोलीले दोषी भने अझै पत्त्ता लगाउन सकेको छैनन ।

 

इलाका प्रहरी कार्यालय लेटाङका इस्पेक्टर योगराज खतिवडाले अनुसन्धान भैरहेको बताउँदै आएका छन् । उता वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेलले प्रहरीको अनुसन्धान सोचे जस्तो नभएको बताएका छन् ।

घटना भएको यत्रो समय वितिसक्दा पनि दोषी अझैँ पत्ता नलाग्नु,अनि जनताको सुरक्षामा खटिएको प्रहरीले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती कसरी दिलाउँछ वडाध्यक्ष लुईटेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *