मन्दी पीलब रेस्टुरेन्ट संचालमा

मोफसल सम्बादाता / पछिल्लो समय युएईमा नेपाली लगानीका ब्यबसायहरु बढ्दै गइरहेका छन् । यहि क्रममा गत हप्ता युएईको दुबई स्थित इन्टरनेसनल सिटिमा नेपाली लगानीमा मन्दी पीलब नामक अर्को रेस्टुरेन्ट संचालन भएको छ ।

उक्त रेस्टुरेन्टमा नेपाली परिकारका बिभिन्न खानाहरुको साथै अरबिक ,इन्डियन ,पाकिस्तानी ,रसियन र उज्बेक डीसहरुको पनि ब्यबस्था गरिएको छ । पश्चिम नेपालको महेन्द्रनगरका बिरेन्द्र चन्द र  उनका साथीहरुको संयुक्त लगानीमा सुरु भएको उक्त रेस्टुरेन्ट दुबईको इन्टरनेसनल सिटि स्थित रसिया क्लस्टर मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *