कानेपोखरीमा नीजि बिद्यालय संगठित, अध्यक्षमा बस्नेत

भदौ ६ गते, पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संस्थागत विद्यालयहरुको छाँता संगठन‘कानेपोखरी कलष्टर’ गठन भएको छ । बुधबार कानेपोखरी गाउँपालिका वडा नं. ४, स्थीत रमाइलोको बालजगत बोर्डिङ स्कुलमा भएको संस्थापकहरुको भेलाले कलष्टरको अध्यक्षमा दान बहादुर बस्नेत रहने गरी ११ कार्यसमिति सर्वसहमतीले चयन गरेको छ ।

 

त्यसैगरी उपाध्यक्षमा दिनेश सुब्बा लिम्बू, सचिवमा दिपक चौलागाई र कोषाध्यक्षमा मनकुमारी गुरुङ चयन भएको हो । त्यसैगरी सदस्यहरुमा राजेश कार्की, महेन्द्र बोहोरा, टेकेन्द्र बास्तोला,एमबी थापामगर,नन्द कुमार राजवंशी,राजेन्द्र भण्डारी र विजय किस्कु रहेका छन् ।

कानेपोखरीमा जिल्लागत प्रतिनिधित्व गरेको कानेपोखरी गाउँपालिका भित्र अहिले १९ वटा विद्यालयहरु संचालनमा छन् । जसमध्ये पल एकेडेमी, रमाइलो बालजगत कक्षा १० सम्म संचालनमा छन् भने पीनाकल ज्ञान मन्द्रिर विद्यालय कक्षा १२ सम्म संचालनमा रहेको छ ।

 

कानेपोखरी गाउँपालिकामा संस्थागत बिद्यालयहरु प्याप्सन, एनप्याप्सन र अप्सनहरुको संगठनमा आवद्ध छन् । तीन संगठनबाट कानेपोखरी गाउँपालिका कलष्टर गठन गरिएको सदस्य महेन्द्र बोहोराले बताए । स्थानीय सरकारले संस्थागत विद्यालयहरु प्रती विभेतकारी व्यवहार गरेकोले संगठित हुनु परेको अध्यक्ष बस्नेतले बताए ।

संस्थागत विद्यालय प्रति धरौटी रकम धेरै बढाएको बारे, धरौटी रकम गाउँपालिकाको नाममा संचालन गर्नु पर्ने र कक्षा थपमा अवस्था हेरेर संचालन भएको जति स्वीकृत दिनु पर्ने लगाएतको बिषयमा मुद्दा उठान गर्नुपर्ने रहेको अध्यक्ष बस्नेतले बताए ।

1 thought on “कानेपोखरीमा नीजि बिद्यालय संगठित, अध्यक्षमा बस्नेत

  1. अब चैं केही हुन्छ कि?अर्को भर्ना नखुले सम्म टिकोस।शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *