र्किर्ते गरी चेक मार्फत एक लाख रकम निकासा

भदौ १ गते, पथरी । मोरङ पथरीशनिश्चरे १, स्थीत पथरीबजारको व्यापारी सुमन श्रेष्ठको चेक मार्फत र्किर्ते गरी रकम निकासा गरेका छन् । झापा अर्जुन धारा घर भएका प्रकास भनिने प्रेम बहादुर अधिकारीले श्रेष्ठले दिएको १० हजारको चेकमा अंक थपेर १ लाख १० हजार रकम निकासा गरेको हो ।

 

शुक्रबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफुलाई अधिकारीले र्किर्ते गरी ठगेको बताएका छन् । अधिकारीलाई १० हजारको चेक दिदा अधिकारीले अंक थपेर १ लाख बढी निकाले पछि ठगिएको बताएका थिए ।

 

श्रेष्ठले दिएको चेकमा अधिकारीले अंक थपेर रकम एन आई सी एशिया बैँक उर्लाबारी शाखाबाट चेक साटेका थिए । चेक साटिएको तीस मिनेट पछि १ लाख १० हजार खाताबाट निकालिएको मोवाईलमा म्यासेज आएपछि आफु ठगिएको पत्रकार सम्मेलनमा श्रेष्ठले बताए ।

 

म्यासेज आएपछि तुरुन्त फोन गर्दा अधिकारीले सो बराबरको रकम निकालेको स्वीकार गर्दै पथरीबजार नै आएर फिर्ता दिने बताउँदै आएका थिए । तर पटक पटक फोन गर्दा फोेन नउठाए पछि ७ दिन पछि आफुलाई प्रेम बहादुर अधिकारीले चेक मार्फत ठगेको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको व्यापारी श्रेष्ठ बताउँछन् ।


जाहेरी आएपछि अधिकारीलाई हामीले सम्पर्क गरेको थियौँ तर सम्पर्कमा आएन, यो केश ठगी गरेको देखिन्छ । यसको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका इस्पेक्टर कमल बजँगाईले बताए । सम्मेलनमा श्रेष्ठले आफ्नो १ लाख रकम इज्जतका साथ फिर्ता हुनु पर्ने माग राखेका छन् ।

 

गत असार २६ गते श्रेष्ठले १७५१५७०८ नम्बरको एनआईसि एसिया बैँकको चेक प्रकास अधिकारीको नाममा दिएको थियो । श्रेठले चेकमा दिने रकम अंकमा मात्र लेखेर हस्ताक्षर गरेर दिएको थिए । तर अक्षरमा नलेखिएकोले अंक थपेर अक्षरमा लेखि क्रिते गरेर सो बराबरको रकम निकासा गरेको उनले बताए । एकलाख भन्दा बढी रकम निकाल्दा नागरीकता चाहिने भएकोले उनले सवारी चालक अनुमती पत्र दिएको थियो ।

सवारी चालक अनुमती पत्र अनुसार झापा जिल्ला अर्जुनधारा घर भएका उनको असली नाम भने प्रेमबहादुर अधिकारी रहेको छ । उनी काठ्माडौँ स्थीत रन सुइन्ड्रटी प्रालिमा कार्यरत छन् । उनि प्रालिको प्रतिनिधि गर्दै पूर्वीबजारमा दिएको सामानको रकम संकलन गर्ने व्यक्ति भएको व्यापारी श्रेष्ठले बताए ।

 

कृष्ण सुसेन्टर पथरीबजारमा संचालन गर्दै आएको श्रेष्ठले बिभिन्न प्रकारको जुत्ता ल्याएबापत रन सुजइन्ड्रटी प्रालिलाई रकम दिन १ लाख २५ हजार थियो । तर श्रेष्ठले प्रत्येक महिनामा १५ हजार दिने सर्त गरेको उनि बताउँछन् । यस बिसयमा श्रेष्ठले प्रालिका संचालक रुद्र न्यौपानेलाई फोन गर्दा चासो नदेखाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *