ग्रामिण सामुदायिक वनमा वृक्षारोपन कार्यक्रम

भदौ १ गते, कानेपोखरी । तेस्रो सामुदायिक वन दिवस–२०७५ को अवसरमा कानेपोखरी गाउँपालिका –७, स्थीत ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समितिले बृहद वृक्षारोपन कार्यक्रम गरेको छ ।
वन समुहले बिहिबार चालिस बिगेमा रहेको वनको खाली १० हेक्टर जग्गामा बिभिन्न जातका विरुवा रोपेको हो । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले र विशेष अतिथि जिल्ला वन कार्यालय मोरङका अधिकृत डा. विनोद देवकोटाले टिक,मसला लगाएतका विरुवाहरु रोपेर उद्घाटन गरेका थिए । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले सामुदायिक वनको अवधारणाले स्थानीयमा टेवा पुगेको बताएका छन् । सामुदायिक वनको अवधारणा नभएको भए अझै सम्म गाउँ उजाँडै हुने बताए । उनले भने –‘उति खेरा अहिलेको गाउँपालिकाको जस्तो बजेट हुदैन थियो । साविक गाविसहरु वनबाटै बिकास भएको थियो । सामुदायिक वन संरक्षणमा गाउँपालिकाले के गर्नु पर्छ हामी गर्नेछौँ । ’
वन अधिकृत डा. देवकोटाका अनुसार वन अव प्रदेश सरकार अन्तरगत चल्ने र मोरङको पूर्वपश्चिम राजमार्ग देखि दक्षिणमा दुईवटा सव डिभिजन कार्यालय हुने बताएका छन् । कार्यक्रममा जिल्ला वन महासंघ मोरङका अध्यक्ष अग्नि पौडेलले पनि बोलेका थिए । वृक्षारोपनकार्यक्रममा आर्दश बोर्डिङ् स्कुलका र जनकल्याण माविका १ सय भन्दा बढी विद्यार्थीहरुले वृक्षारोपन गरेका थिए । विरुवा रोप्नुु भन्दा अघि प्राविधिकले विरुवा कसरी रोप्ने, रोप्ने माटो कस्तो बनाउनु पर्ने, रापी सकेर के गर्नु पर्ने बारेमा जानकारी गराएका थिए । रोपिएको ठाउँमा घेराबारा गरिएको छ, तारजाली घेराबार गरिएकोले विरुवा सतप्रतिशत उत्पादन हुने वनका अध्यक्ष नविन राईले बताए । उद्घाटनको दिनमा ७ सय विरुवा रोपेका छन् । १० हेक्टरमा जम्मा १० हजार विरुवा रोप्ने वन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *