युएईका दर्शकले कायर चलचित्रले दर्शक पाएनन


युएई – बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’ पर्दशनीको लागी चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका युएईका दर्शकहरु संगै चलचित्र हेर्न युएईको पहिलो शो मा  चलचित्रले दर्शक पाएँनन |

कायरा चलचित्र युएईको अलकोजमा रहेको बलिवड फिलिम हलमा पहिलो पल्ट पर्दशनी भए पनि दर्शक एक दर्जन जति मात्र भए पछि कलाकारहरु धेरै समय हलमा बसेन |

ओरालो लाग्दै गरेको आर्यन सिग्देलको करिअरग्राफ उकास्न ‘कायरा’ले भूमिका खेल्ला भन्ने अपेक्षा रहेपनि  नेपाल तथा युएईको पर्दशानिले फिल्म हेरिसकेपछि धारणा बदलियो, यस्तै फिल्म खेल्ने हो भने अब उनी कहिल्यै नउक्लने गरी आरोलो झर्ने पक्का छ ।

यो फिल्ममा त्यस्तो नयाँ केही नभएको युएईका दर्शाले बताएका छन | फिल्मको पटकथा फितलो छ । पटकथाकार केदार भुषालको पटकथा कसिलो सामान्य छ | निर्देशक लक्ष्मण रिजालको निर्देशन पनि सामान्य रहेको छ ।

आर्यन सिग्देल इन्टरटेनमेन्ट एण्ड आर एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा शिशिर राना, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिसा श्रेष्ठलगायतको अभिनय रहेको छ ।कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन।

युएईका बिभिन्न चलचित्र भवनमा गत जुलाई १२ तारिक देखि तिन साता पर्दशनी भएको चलचित शत्रु गते हाउसफूलका साथ पर्दशनी भएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका प्रतिनिधि रमेश ढकाले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन् । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *