वनद्वारा दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान

साउन २४ गते, पथरीशनिश्चरे । महिला जागृति सामुदायिक वन उपभोक्त समूहले २ सय ११ जना बिद्याथीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
वन समितिले मंगलबार एक कार्यक्रमको आयोजनारी पथरीशनिश्चरे नगरपालिका स्थीत शनिश्चरे चौकका ४ वटा सामुदायीक बिद्यालय छात्रछात्रालाई छात्रवृत्ति बितरण गरेको हो ।

भागीरथ माबिका ५० जना, बुद्ध माबि ५२ जना, श्री दुर्गा आधारभुत बिद्यालयका ४४ जना र श्रीजंगा आधारभुत बिद्यालयका ६५ जना गरी जम्मा २ सय ११ जनालाई १ थान स्कुल ब्याग र १ जोर बिद्यालय पोसाक वितरण गरेका थिए ।

 

कार्यक्रममा बालबालिका भनेका देशका कर्णधार हुन, त्यसैले उनीहरुलाई पढ्न हौसला मिलोस भनेर वन समितिले छात्रवृत्ति दिएको हो । बिद्यार्थीलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरेको महिला जागृति सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष चन्द्रकला चेम्जोङले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *