पथरी स्वास्थ्य चौकीको भवन उदघाटन ,जग्गादाता हरुलाई विशेष सम्मान

कुमार खड्का श्रावण २४ पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न २ को छ्यालिस विघेमा पथरी स्वास्थ्य चौकीको नव निर्मित भवन आज एक कार्यक्रमा विच उद्घाटन गरिएको छ ।


१ करोड १२ लाखको लागतमा १८ वटा कोठा सहितको प्रसुती केन्द्रको नव निर्मित भवन आज नगर प्रमुख दिलिप कुमार राईले उदघाटन गरेका हुन ।
स्थानीयले सो स्वाथ्य चौकी स्थापनाका लागि साढे १२ कठ्ठा जग्गा दान गरेका हुन । उद्घाटन भएसगैँ आजै बाट दिनबाट २४ सै घण्टा वर्थिङ सेवा सञ्चालन हुने नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले बताएका छन् ।
सो भवन निर्माण गर्न स्थानिय बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले समान ३–३ कठ्ठा जग्गा दान गरेका छन ।
त्यस्तै स्वास्थ्य चौकी भवन निर्माणका लागि श्री नारायण ढकालले –१ कठा , टंकप्रसाद गिरि–१, जध्दु शाहा–१, केशवप्रसाद दाहाल–१, होम बहादुर गुरुङ–१० धुर ,राम बहादुर गुरुङ्ग–१० धुर, यक्ष प्रसाद ढुङ्गेल–१० धुर , छविलाल अधिकारी–१० धुर र मान बहादुर थापा–१० धुर समेतले जग्गा दान गरेका छन ।


जग्गादाताहरु लाई दोसल्ला र ताम्रपत्र द्वारा कार्यक्रमा उपस्थित अथितिहरुले सम्मान गरेका हुन । सहित नगरकै पहिलो प्रसुती केन्द्र ( बर्थिङ सेन्टर ) सहितको स्वास्थ्य चौकीको भवन उद्घाटनमा विभिन्न जातिय र सांस्कृतिक झाँकी सहित उदघाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले अबको २ बर्ष भित्रमा ५० सैयाँको पथरी प्राथमिक अस्पतालको समेत निर्माण गरिने बताएका छन ।
सो अस्पताल निर्माणका लागि पनि जग्गादाताहरुले जग्गा दान गर्ने बचनबद्घता दिएको आचार्यले बताएका छन । भवन उद्घाटन कार्यक्रम बिशेष गरि उद्घाटनको साथमा जग्गादाता र भवन निर्माणमा उल्लेखनीय भुमिका खेल्ने ब्यक्तित्वको सम्मानमा केन्द्रित भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सांसद कृष्ण कुमारी राई नगर उप –प्रमुख यमुना विष्ट वास्तोला १० वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्य लगाएत नगरका राजनैतिक दलका व्यात्तित्वहरुको कार्यक्रमा उपस्थिति रहेको थियो ।


११ जना जग्गादाता सहित भवन निर्माणमा सहयोग गर्ने नवराज सुब्बा, संतोष घिमिरे र मोहनराज भट्टराईलाई समेत सम्मान गरिएको छ । स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा ८ जना स्वास्थ्यकर्मीहरु रहने भएका छन् । नगरको श्रोतबाट ४ जना प्रसुति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य ४ जना कार्यालय सहयोगीहरु समेत रहने बताईएको छ ।
कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख राईले जग्गा दाता दानवीरहरुको साथ र सहयोगमा आज नगरले स्वास्थ्य केन्द«को भवन निर्माण गर्न सफल भएको भन्दै सवैमा धन्यवाद दिएका छन् ।
उदघाटन कार्यक्रमको सभापतित्व वडा नं.२ का अध्यक्ष तथा स्वास्थ्य चौकि व्यावस्थापन समितिका अध्यक्ष याम प्रसाद गँुरागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *