किरात प्रदेश नामकरण नभए आन्दोलन

साउन २४ गते,काठमाडौं । प्रदेश नम्बर १ को नाम किरात रहनेमा विश्वथ्यहुदै कथम कदाचित नभएमा शसक्त आन्दोलनको चर्काउने किरात राई यायोक्खाले निर्णय गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा भएको किरात राई यायोक्खाको पूर्ण बैठकले १ नम्बर प्रदेशको नाम किरात नभए शसक्त आन्दोलन गर्ने निर्णय भएको कार्यवाहक अध्यक्ष दिवस राईले बताए ।

 

बैठकले ३१ औं स्थापना दिवस भब्य ढंगले भएको, आफू मातहतका भातृ तथा भाषिक संगठनहरू, जिल्ला, नगर, गाउँपालिकाको वडा वडासम्म संगठन गठन पुनर गठन गर्दै प्रदेशको नाम किरात नराखिएमा आन्दोलनको विकल्प नभएको यायोक्खा अध्यक्ष तिलक राईले बताए ।

 

हिजो साउन २२ गते भएको स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेशको नाम किरात नै राखिने बताएका थिए । प्रदेशको नामकरणको लागि नेताहरूसँगको गविङसँगै भूगोलमा आन्दोलनको तयारी गर्ने निर्णय भएको महासचिव जिवन हाताचो राईले बताए ।

 

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायतको सामाजिक तथा राजनीतिक संगठनहरू पनि प्रदेशको नाममा पहिचान जोडिनुपर्नेमा एकमत हुदै आएका छन् ।

 

केही हप्ता अघि भएको संयुक्त बैठकले प्रदेशको नाम किरात, किरात लिम्बुवान वा नाममा पहिचान नभए मोर्चाबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *