स्वास्थचौकीमा बच्चा जन्माउने सुत्केरीलाई ७ हजार भत्त्ता

साउन २४ गत, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले स्वास्थ चौकीको वर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८ सय रुपैया भत्ता दिने भएको छ ।

 

वडा नं. ४ मा रहेको बयरवन स्वास्थ चौकीको वर्थिङ सेन्टरमा बच्चा जन्मेमा सुत्केरीलाई गाउँपालिकाले रु ५ हजार र स्वास्थ चौकीले १८ सय गरी जम्मा ६ हजार ८ सय रुपैया सुत्केरी भत्ता दिने भएको हो ।

 

सुत्केरी भत्त्ता गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा निर्णय गरी यही साउन महिना देखि दिने निर्णय गरेको गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले बताए ।

 

जुनसुकै ठाउँबाट आएर बच्चा जन्मेमा यो सुबिधा पाउने छ र प्रसुती गृहमा प्रसुती गराउन ल्याएर स्वास्थ चौकीले अर्को हस्पिटलमा रेफर गरेमा उसलाई एम्बुलेन्स भाडा बापत दईहजार समेत दिने स्वास्थचौकीका संचालक समितिका अध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

 

उता स्वास्थचौकीले दिने १८ सय भने अलिक फरक छ । स्वास्थ चौकीमा प्रसुती गराएमा १ हजार रकम पाउने पुरानै नियम हो । तर स्वास्थचौकीबाट ८ सय पाउन बिरामीले स्वास्था चौकीमा नियमित ४ पटक चेकजाँच गरेको हुनु पर्ने स्वास्थचौकीको इन्चार्ज कामेश्बर अधिकारीले बताए ।

 

गाउँबाट अहिले स्थानीयहरुले सुविधा सम्पन्न हस्पिटलहरुमा लाने गरेकाले गाउँपालिकाले यस्तो सुबिधा ल्याएको हो । बयरवन स्वास्थ चौकीमा प्रसुती गराउनेको संख्या कम छ । २०७४ सालमा राधिका राजवंशी,यमुना राजवंशी,आशा ऋषिदेव र दिनेश्वरी चौधरी गरी जम्मा चार जनाले प्रसुती गराएका थिए । २०७३ सालमा २ जनाले प्रसुती गराएका थिए । त्यसैगरी २०७५ साल साउन २ गते ममता बिकले प्रसुती गराएका स्वास्थचौकीको अभिलेखमा रहेको छ ।

 

एक दशक अघि बयरवन स्वास्थ चौकीमा प्रसुती गराउनेको संख्या बार्षिकरुपमा २३ जना भन्दा बढीले गरेको तथ्याङ भेटिन्छ । यस बिचको समयमा प्रसुती गराउन ल्याएको बिरामी रेफर गरेर अर्के हस्पिटलमा २ जना सुत्केरीको मृत्यु भए पछिको बयरवन स्वास्थचौकीमा आएको समस्याको कारण प्रस्तुती गराउनेको क्रमश संख्या घट्दै गएको थियो । तर २०७३ र २०७४ को तथ्याङलाई हेर्दा भने क्रमश बढ्दै गएकोले आश लाग्दो छ ।

 

२०७४ सालमा बच्चा सुरु भएको महिनामा महिलाहरु स्वास्थचौकीमा पहिलो पटक २सय ६९जनाले स्वास्थ चेक गराएका थिए । त्यसैगरी चौथो पटक २ सय १४ जनाले स्वास्थ चेक गराए ।

 

सुरुमा चेक गराउनेको संख्या धेरै हुन्छ, दोस्रो,तेस्रो,चौथो पटक क्रमश घट्दै जान्छ । बच्चा जन्माउने बेलामा अन्तै लाने गरेकोले सुत्केरी गराउने संख्या थोरै भएको प्रसुती सेवामा कार्यरत संजिला घिसिङ बताउँछिन् ।

 

जनप्रतिनिधिहरु आएपछि बयरवन स्वास्थ चौकीमा २४ घण्टा प्रसुती सेवा दिई रहेको छ । प्रसुती गृहमा अहिले मुना राई, मालिका रोकाय खत्री,संजीला धिसिङ र सपना बिक गरी ४ जनाले सेवा दिर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *