चलचित्र ‘कायरा’ पर्दशनीको लागी आर्यन र साम्राज्ञी युएई आइपुगे

युएई – बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’ पर्दशनीको लागी चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका युएईका दर्शकहरु संगै चलचित्र हेर्न युएई आई पुगेका छन |

नेपालमा सफल  पर्दशनी भई रहेको यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । मल्टिप्लेक्समा उच्च शो पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ नेपाली बक्स अपिसमा चलचित्र शत्रुगते पछि राम्रो कलेक्सन गरिरहेको यस चलचित्र राजधानी भित्र र बाहिरका सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको छ ।

आर्यन सिग्देल इन्टरटेनमेन्ट एण्ड आर एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा शिशिर राना, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिसा श्रेष्ठलगायतको अभिनय रहेको छ ।कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन।

युएईका बिभिन्न चलचित्र भवनमा गत जुलाई १२ तारिक देखि तिन साता पर्दशनी भएको चलचित शत्रु गते हाउसफूलका साथ पर्दशनी भएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका प्रतिनिधि रमेश ढकाले बताए ।

युएईमा गत २०१६ अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो | बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो | युएईमा पुन  २०१८  जुलाई १२ तारिक नियमित चलचित्र पर्दशनीको थालनी भएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन् । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।

 युएईमा चलचित्र कायरा पर्दशनी हुने समय तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *