४२ जना विध्यार्थी वोकेको वस दुर्घटनामा ३ जना गम्भीर घाईते

श्रावण २३ पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न ३ मा रहेको ज्योति विकाश वाल सरक्षण स्कुलको बस दुर्घटना हुदा स्कुल वसमा रहेका ४२ जना विध्यार्थी दुर्घटनामा परेका छन ।


स्कुल समय सकिसके पछि विध्यार्थीहरुलाई घर पु¥याउन गएको स्कुल वस दुर्घटना परेको हो ।
दुर्घटनामा परेका बिध्यार्थीहरुलाई पथरीको पथरी हस्पीटल, मोरङ डाईगोनोस्टीक सेन्टर र विराटनगरको न्युरो अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पथरी हस्पीटलमा २० जना ,मोरङ डाइगोनोस्टीक मा १९ जना विध्यार्थीकको उपचार भईरहेको ईलाका प्रहरी कार्यलाय पथरीका ईनचार्ज कमल वजगाइले बताएका छन ।


३ जना गम्भीर घाईते भएका विध्यार्थीलाई न्युरो अस्पताल विराटनगर रिफर गरिएको पथरी अस्पतालले जनाएको छ ।
गाडी पुरानो भएकाले दुर्घटना भएको अभिभावकहरुले बताएकाद छन बताउछन भने नगरपालिकाले नगरका स्कुलहरुको अनुगमनमा बेवस्था गरेका कारण दुर्घटना भएको बताउछन ।पथरीशनिश्चरेको तल्लो भागमा रहेका प्राय स्कुलहरु मापदन्ड बिपरित संचालन हुदा सम्म पनि नगरले कुनै सुदारको दायरामा नल्याएको अभिभावले गुनासो गरेका छन ।
वस पथरीहसन्द सडक खण्ड अन्र्तगतको धिताल होली नजिकै दुर्घटनामा परेको हो । गाडीको स्टेरिङ लक भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *