एनआरएनए मध्यपूर्व छैटौ सम्मेलन तयारी अन्तिम अवस्थामा

रमेश खड्का काशी / दुबई, गैर आवासीय नेपाली संघको मध्यपूर्व  छैटौ सम्मेलन यहि आगामी अगष्ट महिनाको २३ गते देखि  २५ गते सम्म  मध्यपुर्बको बिकशित देश युएईमा हुदैछ । “सुरक्षित र मर्यादित बैदेशिक रोजगारी हाम्रो सरोकार : ज्ञान, सीप, बिप्रेषण र उध्यमशिलता समृद्धिको आधार” मुल नाराको साथ हुन् लागिरहेको उक्त सम्मेलन युएईको दुबई स्थित ग्राण्ड एक्सिलर होटलमा हुने भएको छ । आयोजक मुलुकको नाताले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई  सम्मेलनको तयारीमा तिब्र  रुपमा लागि परेको छ ।

गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन बिभिन्न  समिति र उपसमितिहरु निर्माण गर्दै आफ्ना पदाधिकारीहरुको कार्य बिभाजन ,क्षेत्रधिकार बाडफाड गरेको छ । जसका लागि मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको सक्रियता निकै बढी देखिएको छ । युएईमा दोश्रो पटक हुन् लागेको मध्य पुर्व सम्मेलनमा यस पटक मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ ।

यस बर्ष उक्त भेलाले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुका बिभिन्न समस्याहरुलाई सम्बोधन गर्दै पछिल्लो समय युएईमा हुने गरेका भिजिट भिषा, घरेलु कामदार ,हुण्डी लगायत विभिन्न समस्याहरुको बारेमा छलफल गरि उक्त समस्याहरुको सावधानको लागि सरकारको ध्यानआकर्षण गराउन सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *