झापामा वैवाहिक बलात्कार मुद्दा दायर

श्रावण २२ पथरीशनिश्चरे । झापा विर्तामोडकी २२ बर्षीय एक युवतीले आफ्ना २७ बर्षीय श्रीमान विरुद्घ वैवाहिक बलात्कार मुद्दा दायर गरेकी छन ।
श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएपछि युवालाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
विवाह भएको दुई वर्षपछि ती महिलाले श्रीमानविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता गरेकी हुन् । प्रहरीका अनुसार ती महिलाले श्रीमान् धेरै जसो बाहिर जाने र घर आएका बेला आफ्नो इच्छा विपरित यौन सम्पर्क राख्ने अनी फेरि हराउने गरेको गरेको उजुरीमा उल्लेख गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको र थप अनुसन्धान भइरहेको उनले बताएका छन ।
कानुनले श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौनसम्बन्धलाई वैवाहिक बलात्कार मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *