यायोक्खाको स्थापना दिवसमा प्रचण्ड र किराती साइलाले भाषण गर्ने

साउन २० गते, काठमाडौं । किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसमा पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतका पार्टी नेताहरू आउने भएका छन् । किरात राई सामुदायको साझा संस्था यायोक्खाको स्थापना दिवस साउन २२ गते क्रिष्टल व्याङ्क्वीट मान भवन ललितपुरमा हुदैछ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती (साइला), १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र समुदायको तर्फबाट संघीय तथा प्रदेश सभा सदस्यहरू कार्यक्रममा उपस्थितहुने यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले बताए ।

किरात राई यायोक्खा लगायतका सामाजिक तथा विभिन्न राजनीतिक पार्टी र पार्टी सम्बद्ध नेता कार्यकताहरूले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् ।

प्रदेशलाई किरात नाम राख्न २५ लाख हस्ताक्षर संकलन गरी बुझाउनुको साथै प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका पार्टीहरूलाई किरात प्रदेश बन्ने आधारपत्र बुझाइसकेका छन् । आधारपत्र प्रदेशको ९३ जनै प्रदेश सभासदस्यहरूलाई बुझाइएको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए ।

पूर्वमा किरात प्रदेशको लागि विभिन्न अभियानहरू सञ्चालन भइरहेको बेला पश्चिममा कर्णाली र गण्डकी प्रदेशको नाम राखिएपछि किरात अभियान कर्मीहरूले अभियान झनै तिव्र बनाएका छन् ।

 

यसै सन्दर्भमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायतका सामााजिक संस्था तथा राजनीतिक संगठनका नेताकार्यकताहरूको संयुक्त भेला बैठकहरू तिव्र बनाएको बुझिएको छ ।

 

सरोकारवाला संस्थाहरूले किरात, किरात लिम्बुवान वा किरात लिम्बुवान कोशी जे भएपनि पहिचान आउनु पर्ने नआए संयुक्त रूपमा आन्दोलन चर्काउने साझा सहमति भएको छ ।

 

प्रदेश नम्बर १ को नामकरणको बहस हुनै लागेको छ । यही पृष्टभूमीमा किरात राई यायोक्खाको स्थापना दिवसमा अध्यक्ष प्रचण्ड, मुख्यमन्त्री शेरधन राई र प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता गराएपछि नेकपा (माओवादी केन्द्र) पुनर गठनमा लागेका गोपाल किराती(साइला), संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको विचार सुन्न र उहाँहरूले खेल्ने भूमिका बुझ्न प्रदेशवासी लालायित रहेको यायोक्खा प्रचार विभाग प्रमुख भीम राईले बताए ।

 

प्रदेशको नामकरणको बहस चल्दै गर्दा यायोक्खाले भब्य स्थापना दिवसको तयारी गरिरहेको बुझिएको छ । स्थापना दिवसमा एकजना पत्रकार, दर्जन जाति छात्रावृति, दुई दर्जनजतिलाई विभिन्न सम्माण तथा पुरस्कार वितरण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *