नगरपालिकाको केन्द्रका विषयमा नगरमा छलफल

साउन १९ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका केन्द्रको विवादका विषयमा शुक्रबार विज्ञहरुसँग अन्तरक्रिया भएको छ ।

कार्यक्रममा, उच्च अदालत बार एशोसियशन विरानगरका सचिव तथा प्राध्यापक डाक्टर मेदनीप्रसाद सेढाईं र सत्य निरुपण तथा मेलमिलाप आयोग १ नम्बर प्रदेशका विज्ञ तथा अधिवक्ता पेशलकुमार न्यौपानेले केन्द्रका विवादका विषयमा आफ्ना धारणा राखेका थिए ।

 

उनले ०७१ सालको सरकारको गजेटमा साविकको शनिश्चरे १ मा केन्द्र तोकेको र ०७३ को गजेटले त्यसलाई खारेज गरी साविकको पथरी १ लाई केन्द्र तोकिएको कुरा चर्चा गराएका थिए । पछिल्लो कानून आएपछि अघिल्लो कानून स्वतः खारेज हुने हुँदा पछिल्लो कानूनले पथरी केन्द्र तोकेको कुरा सदर हुने आफ्ना धारणा राखे ।

 

राजनीतिक दलका तर्फबाट बोल्दै पूर्व नेकपा एमालेका नगर इञ्चार्ज मोहन तुम्वापोले कानूनी प्रावधानलाई मान्नुपर्ने तथा नगरपालिकाले पनि यस्ता विषयमा न्यायोचित निष्कर्ष निकाल्नु पर्ने धारणा राख्नु भयो ।

पूर्व माओवादी केन्द्रका नगर प्रमुख जहरमान लिम्बू र नेपाली कांग्रेसका नगर सभापति टेकबहादुर थापाले पहिले नेपाल सरकारले र त्यसपछि सोही मर्म अनुरुप अदालतले तोकेको ठाउँमा कार्यालय बनाउनु पर्ने जनाए । यदि त्यस कुरामा विवाद हुने भएमा सवैतिरलाई सहज हुनेगरी बीच भागमा कार्यालय बनाउनु पर्ने धारणा राखेका थिए ।

 

कार्यक्रममा, नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै नगरसभा सदस्य, कार्यपालिका सदस्य सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *