भानुभक्त बने कानूनमन्त्री

साउन १८ गते, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मोरङ क्षेत्र न. ३ का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् ।नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हो ।

 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन भएको थियो ।

 

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

 

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् । मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *