१ हप्तामै कालोपत्रे उक्कियो –भिडियो सहित

साउन १६ गते, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १ को शिखर चौक देखि हनुमान चौक सम्मको २४० मिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको हिवा निर्माण सेवा कम्पनी व्यावसायीले गरेको कालोपत्रे १ हप्ता नपुग्दै उक्किएको छ ।

सडक बोर्ड मार्फत नगरका भित्रि सडकहरु मर्मतको शीर्षकमा परेको ९ लाख २४ हजार ३२० रुपैयामा ४८ घनमिटर कालोपत्रे गर्ने जिम्मा जेठ २८ गते समझौता भएको समझौता पत्र नगरपालिका रहेको देखिन्छ ।
स्थानियको भनाई अनुसार जेठ २८ मा समझौता भएको देखिएता पनि निमार्ण कार्य भने १ महिना १० दिन पछाडि थालिएको र सडक कालोपत्रे गरेको १ हप्ता पनि वित्न नपाउदै सडकको कालोपत्रे उक्किए पछि आफुहरु आश्र्चमा परेको उनिहरु बताउछन् ।
सडक कालोपत्रे गर्न अलाकत्रामा गिट्टी भुट्नुपर्ने भएता पनि निर्माण व्यावसायिले अलाकत्राको साटो मट्टितेलमा गिट्टी भुटेको स्थानियको आरोप रहेको छ । जनस्तरमा स्थानिय सरकार अएपछि विकाश निर्माणका कार्यको महशुस भईरहेको भएतापनि यस्ता गतिविधिले विकाशका नाममा भ्रष्टचार र अराजकता मौलाउने समभावना वढ्दै गएको स्थानिय उपभोक्ताले बताएका छन ।

सडक कालोपत्रे गर्ने भनेर जनताका आँखामा छारो हालने काम भएकोे भन्दै स्थानीय विशाल भारतीले आक्रोस पोखेका छन । भर्खरै गरेको कालोपत्रेको गिट्टी उक्किएका कारण दुर्घटनाको सम्भावना बढेको स्थानीय लालबहादुर खड्काले बताएका छन । निर्माण व्यावसायी कम्पनीको कामबाट असन्तुष्ट बनेका स्थानीयले गिट्टी भेला पारेर नगरलाई उपहार दिने बताउनुका साथै निर्माण व्यावसायी कम्पनी लाई कार्बाहि गर्न पनि उनिहरुले सम्वधित निकाय सँग माग गरेका छन ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाले सघिय व्यावस्था लागु भएयता विकाश निमार्णका कार्यमा २२ सालको लामो अन्तरालमा तिव्र विकाश गरिरहेको देख्न सकिन्छ, तर विकाशको गति सगसगै भईरहेका निर्माण कार्यहरुलाई प्रभावकारी अुनगमन गर्नु आवश्यक देखिएको स्थानियको माग रहेको छ ।


सो विषयमा नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला भन्छिन –“आफु केहिदिनका लागि धार्मिक यात्रामा नेपाल बाहिर गएको अवस्थामा सो समयमा अनुगमनको क्रममा केहि कमि कमि कमजोरि हुन सक्ने भएको बताउदै अव आफु नेपाल आई सकेको र आज नै सो ठाउको स्थलगत अनुगमन गरिसको र अव बस्ने कार्यपालिको वैठकमा सो कुरा राखि निर्माण व्यावसायिलाई कानुनी कार्वाहि अगाडि बढाउने उनले बताएकी छन” ।
बाटो पूर्ण रुपमा सम्पन्न भएपछि मात्र भुक्तानी दिने नगरपालिका श्रोतले जनाएको छ । यता हिवा निर्माण सेवाका संचालक खुम बहादुर थापालाई भने पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *