३ बालबालिकालाई १ वर्षे छात्रवृति

कुमार खड्का
श्रावण १५ पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का जेहेनदार तथा अभिभावक विहिन बालबालिका लाई फरेन नेपालको सहयोगमा १ वर्षे छात्रवृति प्रदान गरिएको छ ।


वडा नं. ६ का वडा अध्यक्ष जय तामाङ र फरेन नेपालका कार्यक्रम सुपरिवेक्षक अर्जुन वास्तोलाको पहलमा वुद्घ माध्यमिक विध्यालय र मंगलसिह माध्यमिक विध्यालयमा अध्ययन गर्ने १ छात्र र २ छात्रालाई छात्रवृति प्रदान गरिएको हो ।
वडाका समपुर्ण बालबालिकाहरुलाई साक्षर बनाउने वडाले लिएको लक्ष्य लाई सफल बनाउने उद्देश्यका साथ छात्रवृतिको आयोजना गरिएको वडा अध्यक्ष तामाङले बताएका छन् ।
कार्यक्रममा वोल्दै तामाङले भने आगामी वर्षहरुमा पनि विभिन्न संघसस्था सँग सहकार्य गर्दै वडाका जेहेनदार र विपन्न समुदायका बालबालिका हरुलाई छात्रवृति प्रदान गरिने बताएका छन् ।
छात्रवृति पाउनेहरुमा मंगलसिह मावि कक्षा ८ मा अध्यानरत छात्रा कृतिका दाहाल, बुद्ध मावि कक्षा ६र८ मा अध्यानरतर भावना दर्जि र किरण दर्जिले छात्रवृति स्वारुप नगद १०÷१० हजार प्रदान गरिएको हो ।
अभिभावक विहिन भावना र किरण ले प्राप्त गरेको रकम वडाका वडा सचिवको मतहतमा रहने गरि स्थानिय साना किसान सहकारी संस्थामा जम्मा गरिएको छ भने कृतिकाले प्राप्त गरेको रकम आईतवारनै अभिभावकलाई हस्तानातरण गरिएको अध्यक्ष तामाङले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *