पथरीशनिश्चरेको स्वास्थ्य चौकी भवन उद्घाटनको तयारी

साउन १४ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटनको तयारीमा रहेको छ । एक कार्यक्रमकाबीच साउन २४ गते उद्घाट्न हुने भएको छ ।

 

पथरीशनिश्चरे नगर कार्यपालिकाको सोमबार बसेको ३६ औं बैठकले भवन निर्माणका लागि जग्गादान गर्ने दाताहरुलाई सम्मान सहित भवन उद्घाटन् र प्रसुति केन्द्रको पनि उद्घाटन् गरिने निर्णय गरेको छ ।

 

२ नम्वर वडाध्यक्ष एवम् स्वास्थ्य चौकी व्यववस्थापन समितिका पदेन अध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा सो कार्यक्रम आयोजक समिति समेत गठन गरिएको छ ।सो भवन निर्माणका लागि स्थानीयले करोडौं मुल्य पर्ने १० कठ्ठा बढी जग्गा दान दिएका छन् ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकाको कार्यालय केन्द्र र नामका विषयमा नेपाल वार एशोसियशनका प्रतिनिधि, दलका प्रतिनिधि सहितसंग साउन १८ गते अन्तरक्रिया गरिने निर्णय पनि भएको छ ।

 

त्यसैगरी, बैठकले नगरका सडकहरु मर्मत संहार गर्ने आवश्यकताका बारेमा अध्ययन गर्न भौतिक पूर्वाधार समिति सदस्य जोगबहादुर धिमालको संयोजकत्वमा प्राविधिक समेत रहेको समिति गठन गरेको छ ।

 

नगरको ३ नम्वर वडा कार्यालयमा भएको तालावन्दी र अवरोधका सम्वन्धमा वडाध्यक्षहरुले अध्ययन गरी संवादको माध्यमबाट वडाको काम कारवाहीको अवस्थालाई सहज बनाउन पहल गर्ने पनि निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *