साउन संग नारी

श्रावण १४ पथरीशनिश्चरे ।

नारी साच्चै नै धर्ति हुन उनि आधि आकाश हुन् । नारी शक्ति शाली हुन्छिन् । उनको धेरै स्वरुप हुन्छ पक्कै यहि कुरालाई प्रमाणित गर्छ असारको महिनाले । हलिलाई खाजा खाना देखि आफ्नो बालबच्चालाई हेरचाह गर्न देखि खेतमा रोपाहा सम्म आफै हुन्छिन । यहाँसम्म की असारको झरिमा बालाखा नानी च्यापेर विउ काड्न देखि आली लाउन सम्मपछि पर्दीन्न नारी । महिना भरी अथाहा प्रयास गर्छिन मेलापात, अर्मपर्म विभिन्न स्वरुपमा आफै प्रस्तुत हुन्छिन ।
हो यहि कुरालाई विर्साउनका लागि साउन महिनाको आगमन हुने गर्दछ, नारी प्रकृति हुन् ,नारी सुन्दरता कि खानी हुन कामले होस् वा रुपले । यसै सुन्दरतालाई निखारपन दिने गर्दछ असार भरी मेहनत गरेर ठेला उठेको हत्केलामा, पानीले खाएको हत्केलामा मेहन्दिको रंगले रंगाउछिन साथमा हरिया र पहेला चुरा नाडि भरि लाउछिन अनि पहेलो र हरियो कुर्ता वा साडीमा सजिएकि हुन्छिन अनि असारको पिडालाई भुलाउदै साउनको रंग संग मनमग्न हन्छिन नारी ।
यसको सुरुवातको बारेमा भन्नुपर्दा नेपाली पञ्चाङ्ग अनुसार साउन वर्षका ब्राह महिना मध्ये चौथो महिना हो । यस महिनालाई उत्तम अर्थात देवादिदेव महादेवको प्रिय महिना भनेर पनि चिनिन्छ । साउनको संक्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ किनभने यसै दिनदेखि सुर्य दक्षिण तर्फलाग्दछ र दिन छोटो र रात लामो हुने गर्दछ यो क्रम माघे संक्रान्ति सम्म चलिरहन्छ ।
श्रावण शव्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात सुनेर धर्मको मर्म बुझ्नु सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरुले आम मानिसलाई सुनाएका थिए त्यसैले श्रावण अर्थात साउन महिनालाई पवित्र मानिएको हो ।
साउन महिना भगवान शिवको प्रिय महिना पनि मानिन्छ । यो महिना शिवलाई खुसि पार्न विशेष सोमबार व्रत बस्ने गरिन्छ । साउन महिनाका हरेक दिन अति शुभ र पवित्र भए पनि सोमबार शिवको प्रिय दिन भएकाले विशेष दिनको रुपमा मानिन्छ ।
साउन महिना बारे पौराणिक कथन अनुसार यस महिनामा समुन्द« मनथन भएको हो र त्यस पछि हलाहल विष निस्केको हो । संसारलाई रक्षा गर्न भगवान शिवले आफै विष सेवन गर्नुभएको थियो यसरी विष ग्रहणगरेर निलकण्ठ भएका भगवान शिव नेपालको गोसाईकुण्ड गएर सुत्नुभएको र विषको असर कम भएको भनाइ छ । यसै आधारले पनि पहँेलो वस्त्र धारण गरेर हातमा जल अठ्याई लौरो स्वरुपको खर्पन बोकेर जलाशयबाट जल लिई खालि खुटटा पद यात्रा गरेर शिव लिङगमा जल चढाउने चलन छ ।
यस महिनामा नाग पञ्चमी, मंगल चौथी, घण्टा कर्ण चतुदर्शी, जनैपुर्णिमा , गाई जात्रा आदि पनि पर्दछन । साउने संक्रान्तिका दिन नेपालका बिभिन्न ठाउमा लुतो फाल्ने प्रचलन पनि रहि आएको छ । शिवकम भक्तहरुले साउन महिनाभरि लसुन,प्याज,माछा,मासु आदि बारेका हुन्छन । धरानको पिण्डेश्वरी, काठमाडौंको बाघद्धार, महोतरीको सोनामाई थाम र सिदानाथ, सिराहाको कमललाई दोभान लगायत देश भरि नै सुन्तला रङगका एकैसरीका मात्र बस्त्र धारण गरेका शिव भक्तहरुको भिड लाग्ने गर्दछ ।
साउन महिना नारीका लागि विशेष महत्वका रुपमा लिइन्छ । विवाहित नारी भए साउन महिनाको सोमबार व्रत बसे पतिको लामो आयु तथा परिवारजनको सुख शान्ति साथै अखण्ड सौभाग्य प्राप्त हुन्छ भन्ने कुरा धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
अविवाहित कन्या भए राम्रो वर प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । शिवको पुजा अर्चनाका लागि हरियो वेलपत्र,भाङ धतुरो, नैवेध आदि अति आवश्यक मानिन्छ किनकी यी सब शिवका प्रिय चिज हुन् ।
आज भोली साउन महिना र साउनको व्रत फेसन जस्तै बनेको छ । विवाहित वा अविवाहित नारी र पुरुष दुवैले व्रत बस्ने गर्छन । हप्तामा एक दिन खाना बार्नाले स्वास्थ्य भईन्छ भन्ने हिसाबले पनि आज भोलि व्रत बस्ने गर्छन् ।
शिवको मठ मन्दिर गई प्रत्येक सोमबार पुजा आरधना गर्ने गर्छन् । र अन्तिम सोमबार वा ५ वटा ३ वटा सोमबार पारि बोलबम जाने गर्छन । बोलबम लेखिएका फेसनका भेस्ट, कुर्ता , भजन लेखिएका सल आदि लाउने प्रचलन रहेको छ बस भाडामा लिई बिभिन्न रिमिक्समा बनाइएका भजन गाउने पनि चलन रहेको छ । भजन किर्तनका महिलाका विभिन्न हिन्दु धार्मिक संगठनका व्यक्ति वा समुह समुह मिलेर पनि जाने चलन बढेको छ ।
त्यस्तै मृत आत्माका नाममा विभिन्न व्यक्तिले टाढाबाट आएका श्रदालु भक्त जनका लागि पिउने पानी देखि खाजा खानाको निशुल्क व्यबस्था गरिदिने चलन पनि आएको छ । आज भोलि नेपालका धेरै जसो चाडपर्वमा विकृतिको देखा पर्न थालेको छ ।
विज्ञान र प्रबिधिको आधुनिक विकाश संगै देखा परेका विकृतिलाई हामीले अन्त्य गर्नुपर्छ । हाम्रा परम्परागत चाडपर्व,रितिथिती, संस्कृतिलाई माया र सम्मान गर्नुपर्छ परम्परागत कुप्रथालाई मात्र त्याग गरौ परम्परागत राम्रा कुराको अनुशरण गरौ । जय साउन ।। जय नारी ।।।
                                                                                                                                                                       लेखिका
                                                                                                                                                                          राज कुमारी तामाङ
                                                                                                                                                                    रेडियो रिदम ९९.७ मेघाहर्ज

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *