बालगृहको दिगो व्यावस्थापन गर्न आग्रह

श्रावण १३,पथरीशनिश्चरे । मोरङको उर्लावारी नगरपालिका वडा नं. ७ मा रहेको नमुना बाल गृहको दिगो व्यावस्थापनका लागि पहलकदमी थाल्न आवश्यक रहेको लायन्स क्लव अफ् लेटाङकी अध्यक्ष शान्ति पाख्रिनले बताएकी छन ।


बालबालिका हरुलाई लायन्स क्लव अफ लेटाङले शनिबार एक कार्यत्रमका विच भोजन गराउदै गृहको दिगो व्यावस्थापन गर्न अवश्यक्ता रहेको औलाएको हो
क्लवकी अध्यक्ष शान्ति पाख्रिनको अगुवाईमा लेटाङ प्रिन्सेस २०१८ सहित आएको टोलिले बालगृहका बालबालिका हरुलाई भोजन गराएको थियो ।
सो अवसरमा लेटाङ लायन्स क्लबकी अध्यक्ष शान्ति पाख्रिनले नमूना बाल गृहका बालबालिकाहरुका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै, सवै सरोकारवाला पक्षसँग बालगृहको चौतर्फी व्यावस्थापनका लागि सवैलाई हातेमालो गर्न आव्हान पनि गरेकी छन ।


बालगृहको दिगो व्यावस्थापनका लागि स्थानिय सरकार ,नागरिक समाज, स्थानिय अगुवा, वुद्घिजिवि,उद्योगि,व्यापारी सवैको ध्यानाकर्षण हुनपर्ने क्लवकी अध्यक्ष पाख्रिनले बताएकी छन ।
सो कार्यक्रमा प्रमुख अथिति रहेका प्रदेश नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बाले बाल गृह प्रदेशकै नमुना बालगृह भएकाले गृहको दिगो व्यावस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताउदै बाल गृह सञ्चालनका लागि सबैको साथ र सहयोग रहनु पर्नेमा उनले जोड दिएका छन ।
सोही अवसरमा लेटाङ प्रिन्सेस प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न संघसस्थालाई सम्मान पत्रद्वारा सम्मानित गरिनुका साथै लेटाङ प्रिन्सेस २०१८की विजेता सुजता खतिवडा लगायतलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *