सडकमा सुकेका वुढारुखहरुले यात्रामा जोखिम निम्त्याउदै

श्रावण १०, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं. २ मा पर्ने राष्ट्रिय राजमार्ग किनारमा रहेका सुकेका रुखहरुका कारण राजमार्गमा चल्ने सवारी साधन र पैदल यात्री दुर्घटनाको उच्च जोखिममा रहेको पार्ईएको छ ।

 

पथरी वजारको पुर्वपट्टिको सडक खण्ड अन्र्तगत रहेको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सिमाना देखी पूर्व जयचौक – नयाँ मंगलबारे सडकको दक्षिण पट्टिको भाग लगभग १ किलोमिटर सडक खण्डमा रहेका सुकेका वुढा रुखहरुले गर्दां दैनिक रुपमा आवत –जावत गर्ने सवारी साधन र पैदल यात्रि त्रासपुर्ण वातावरणमा यात्रा गर्न बाध्य छन् ।
सडकको विच भागसम्म आईपुग्ने गरि सडकमा ढल्किएका सुकेका रुखहरु वर्षातको समयमा दैनिक जसो पर्ने पानीका कारण भिजेर सडकमा लड्ने सम्भावना ज्यादै रहेको जयचौकमा व्यावसाय गर्दै आएका स्थानिय व्यापारीहरुले बताएका छन । यति मात्र हैन सो सडकमा जोखिमपूर्ण अवस्थामा रहेका रुखहरु झरीले भिजेर सडकमा ढलेमा मानविय र आर्थिक दुवै क्षति हुने खतरा रहेको छ ।
दैनिक जसो सो सडक खण्डभएर १० औ हजार मानिसहरु आवत जावत गर्ने गरेको भए पनि सम्वधित सडकको जोखिमको वारेमा सरोकारवाला पक्षले कुनै चासो नदिएको पथरीवजारमा व्यावसाय गर्दै आएका युवा व्यावसायी अरुण राई बताउदछन ।
त्यसै गरि पथरीवजारमा आप्mनो स्थायी घर भई व्यावसायिक रुपमा राष्ट्रिय खेलाडीको पहिचान बनाईसकेका फुटवलर हालका युवा निर्माण व्यावसायी दिपक राई पनि सो सडक खण्डमा मोटरसाईकलमा यात्रा गर्दा ज्यादै जोखिम रहने गरेको र साथमा सम्वन्धित निकायले सो विषयमा मानविय अथाव आर्थिक रुपमा क्षति नपुगी चासो नदिने पो होकि भन्ने बताउछन ।
यसरी सडक किनारामा देखिएका सुकेका बुढा रुखहरुले यात्रामा जोखिम वढाएको व्यापक जनगुनासो आएपछि सो विषयमा वाडा नं. २ का स्थानिय बासी, वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता यमप्रसाद गुरागाई लाई सो विषयमा वुझ्दा अव छिट्टै नै सडक डिभिजन कार्यालय सग समन्वय गरेर ति सुकेका रुखहरु हटाउने प्रयास गरिने बताएका छन ।

 

सोहि विषयमा सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख दिपेन्द« कुमार चौधरी भन्छन आफुलाई त्यसको वारेमा कुनै जानकारी नआएको र यदि त्यस्तो जोखिम को अवस्था भएको खण्डमा सडक डिभिजनका सुपरभाईजर सग सो वारेमा जानकारी लिने र वन सग सहकार्य गरेर छिट्टै व्यावस्थापन गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *