पथरीशनिश्चरे नगरपालीको गाडीमा कर्मचारीको मनपरी

श्रावण ५ पथरीशनिश्चरे  । मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रशासकिय अधिकृतले सार्वजनिक विदाको दिनमा पनि सरकारी गाडिको प्रयोग गरेको भेटिएको छ । प्रमुख प्रशासकिय अधिकृत पुर्रश्वत्तम घिमिरेले सार्वजनिक विदाका दिनमा पनि आफ्नो व्यात्तिगत प्रयोजनका लागि गाडिको प्रयोग गरेको भेटिएको हो ।

राष्ट्रिय राजमार्गमा सरकारी विदाको दिन सरकारी गाडि हुइकिरहेको देखपछि के प्रयोजनका लागि गाडिको प्रयोग भएको रहेछ भनेर घिमिरेलाई वुझ्दा उनले पहिलो पटक गाडिमा तेलको अभाव भएकाले तेल हाल्नका लागि उर्लावारीको सत्यसाई सप्लार्यसमा गएर गाडिमा तेल हालेर फर्केर आएको बताए ।अधिकृत ज्यु सरकारी विदाको दिन गाडिमा तेल हल्नकै लागि तपाई आफै जानुभाको त रु भनेर प्रश्न गर्दा उनले गाडिमा तेलको कमि पनि भएको र आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्ने भएकाले फुर्सदको समयमा गएको बताएका छन ।

 

 

यसरी विदाको दिन सरकारीे गाडिको प्रयोग भएको पाएपछि सो विषयमा जिल्ला प्रशाशन कार्यलय मोरङका प्रमुख राम प्रसाद आर्चाय लाई वुझदा विदाका दिन कुनै पनि सरकारी कर्मचारीलाई गाडिको प्रयोग गर्ने व्यावस्था नभएको बताएका छन । आर्चायले भने “यदि त्यस्तो कुनै विशेष कारण वस गाडिको प्रयोग गर्नु परेमा सम्वधित निकायको अनुमति पत्र आर्थात पास लिएर मात्र चलाउन पाउने व्यावस्था रहेको ” बताएका छन ।

 

अधिकारीको यो भनाई पश्चात घिमिरेको व्यवहारमा शङका लागेर उनि स्वाथ्य उपचार गराउनका लागि गएको झापा दमकको झापा होमियो का डाक्टर नविन चापागाई उनको वारेमा वु्झ्दा चापागाईले भने “म उहाँलाई राम्रो सग चिन्छु तर आज उहाँ आफ्नो स्वाथ्य परिक्षण गराउनका लागि होमियो आउनु भएन” यसरी हेर्दा सरकारले जनताको कामलाई सहज सरल र छिटो सम्पन्न गराउनका लागि स्थानिय सरकारलाई दिएको गाडि कर्मचारिले आफ्नो व्यात्तिगत प्रयोजनमा प्रयोग गर्दा कति उचित होला त धरान उपमहानगरपालिकाका मेयर तारा सुव्वाको अन्त्येष्टीमा पुगरे फर्केको केहि समय पछाडि घिमिरेले गाडि लिएर वाहिर निस्केको स्रोतले जानकारी दिएको छ ।

 

 

दिउसो २ वजे नगरपालिका परिसरवाट निस्कीएको गाडि साझ ६ वजे नगरपालीका प्रवेश गरेको हो । सो अवधिमा पथरी वाट ६ किलोमिटर टाढा रहेको पम्पमा तेल हाल्न गएको गाडि झन्डै ४ घण्टा पछि नगरपालिकामा कार्यरत एक जना महिला कर्मचारी सगै प्रवेश गरेको थियो ।
विदाको दिन कार्यकारी अधिकृत र नगरपालिकाकी महिला कर्मचारी सरकारी गाडिको प्रयोग गरेर नाटकिय शैलिमा सरकारी सम्पतिको दोहन गर्दै घुमफिर गरेको पाईएको छ ।

यसरी हेर्दा नया जनप्रतिनिधि पुराना कर्मचारीको चङगुलमा परेको होकि भन्ने देखिएको छ । स्थानिय सरकार सञ्चानलका लागि स्थानिय सरकारले राज्य कोषको रकम वाट आएको बजेटको केहि अशं ले जनताको कामलाई सहज बनाउनका लागि स्थानिय सरकारका जनप्रतिनिधिले उपयोग गर्नका लागि खरिद गरिएको गाडि कर्मचारीले मनोमानी ढङगले प्रयोग गर्ने गरेको पाईएको छ ।

कार्यकारी अधिकृतले शनिवार दिउसो प्रयोग गरेको गाडिको वारेमा वुझ्दा नगरपालिका स्रोत सो घटना वारे आफुलाई कुनै जानकारी नभएको बताउछ । नगरपालिका स्रोत भन्छ “सरकारी गाडी जनप्रतिनिधिले मात्र उपयोग गर्न पाउने व्यावस्था रहेको र कुनै पनि योजना अनुगमन तथा विशेष निमन्त्रणामा मात्र अधिकृतले जनप्रतिनिधिको सहभागिता गाडीको प्रयोग गर्न सक्ने बताएको छ ।

चलाउनै पर्ने अवस्थामा समवन्धित निकाय बाट अनिवार्य पास लिएर मात्र चाउन पाउने व्यावस्था भएको स्रोतको भनाई रहेको छ”। यसरी हेर्दा कर्मचारीले विदाको दिन आफनै कार्यालयको कर्मचारीलाई साथमा राखेर नाटकिय शैलिमा घुमाएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *