लेटाङ प्रिन्सेसको उपाधि सुजतालाई

साउन ३ गते, लेटाङ । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ–९ की १८ बर्षीया खतिवडाले ४२ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

लेटाङ–९ की १८ बर्षीया खतिवडा बुधबार राती लेटाङको ग्रीन पिस पार्टी प्यालेसमा भएको फाइनल राउण्डमा उपाधिको जितेको हो । उनीले उपाधि सगै निहारिका कलेज बिराटनगरबाट १ लाख ४० हजार बराबरका छात्रवृति र ज्योती लाइफ इन्स्योरेन्सबाट पाँच लाख रुपैयाँ बराबरको जीवन विमा पाइन् । त्यसैगरी उनीले लर्ड बुद्ध र एभरेष्ट उमाबि विराटनगरबाट पनि छात्रवृतिल पाइन् ।

फाइनल राउण्डमा तपाईलाई सबैभन्दा बढी खुशी के ले दिन्छ ? भन्ने नायिका सञ्चिता लुइटेलले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै खतिवडाले लेटाङ प्रिन्सेसको ताजसहित विभिन्न आकर्षक पुरस्कार जितिन् ।

लेटाङ लायन्स क्लबको आयोजनामा भएको प्रतियोगितामा प्रतियोगितामा फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले पनि विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाइनल राउण्डमा नायिका सञ्चिता लुईटेल, गायक दिपक वराईली, म्यान हन्ट इन्टरनेशनलका साजिद आलम, कोरियोग्राफर आश्विनकान्त झा लगायत निर्णायक रहेका थिए ।
किशोरीहरुको क्षमता विकास र अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मिसेस नेपालकी उपविजेता तथा लेटाङ लायन्स क्लबका शान्ति पाख्रिनले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी,जीवनशैली,कला संस्कृति, उद्घोषण, क्याटवाक, अवलोकन भ्रमणलगायतका बारेमा प्रशिक्षण दिएकी थिइन् । प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *