गाँजा सहित तीन जना पक्राउ

साउन २ गते, कानेपोखरी । कानेपोखरी–४ बाट साढे २० केजी गाँजा सहित तीन जना युवालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो कानेपोखरी वडा नम्बर–४, बस्ने ३२ बर्षिय बमबहादुर लिम्बू, २१ बर्षिय रमेश कार्की र २७ बर्षिय शम्भू लिम्बूलाई पक्राउ गरेको हो ।

 

बमबहादुर लिम्बूले धमकुवामा बनाएको नयाँ घरमा बाहिर २ पोका भेटिएको र भित्र ताला लगाएको कोठामा निलो रंङ्को सुरकेशमा प्याक गरेर लुकाएर राखेको अवस्थामा गाँजा सहित उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल वंजगाईले बताए ।

बिक्रिको लागी लाने तयारीमा रहेको अवस्थामा सुचनाको आधारमा पक्राउ गर्ने सफल भएको र पक्राउ परेका व्यक्तिलाई लागुऔषध कारोबारमा मुद्दा दायर हुने इस्पेक्टर बजगाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *