कानेपोखरी गाउँपालिकाको बजेट ४१ करोड सार्वजानिक

असार ३२ गत, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५÷०७६ को लागी
४१ करोड ९० लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । सोमबार गाउँपालिकाले दोस्रो गाउँसभाद्रारा पारित बजेट, नीति तथा कार्यक्रमहरु सार्वजानिक गरेको हो ।


कार्यक्रममलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पानसमा बत्ति बाली र बजेटको किताव खोली कार्यक्रम सार्वजानिक गदै उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै घिमिरेले गाउँपालिका स्तरीय फुटबल मैदान, बयरवन स्वास्थ चौकी,बृद्धबृद्धाहरुलाई चोक चोकमा गफिने चौतारा,विद्यालयमा विज्ञानको सामाग्री, रमाइलो बहुमुखी क्यापस स्तरउन्नती लगाएतका स्थानमा गाउँपालिकासँग सहकार्यमा निमार्ण तथा सहयोग गर्ने बताए ।

 

कार्यक्रममा गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले आगामी बर्षको बजेट प्रस्तुत गरेका थिए । संघबाट २३ करोड ५३ लाख, प्रेदश सरकारबाट ३६ लाख ६७ हजार, अन्य अनुदानबाट ५लाख, एनएल आर अनुदान ७ लाख, एजिसिडिपिबाट ११ लाख,सामाजिक सुरक्षा अनुदान ६५ लाख, राजश्व बाँडफाटबाट ७ करोड २९ लाख ४३ हजार, फोहोर व्यावस्थापन सेवा शुल्कबाट १ लाख, सडक मर्मत सेवा सुविधा ३ लाख,घरअभिलेखीकरण तथा घरनक्शा पास १४ लाख ७७ हजार, व्यवसायीक कर ३ लाख, एकीकृत सम्पत्ती कर ७० लाख, वाहाल बिटौरीबाट ३० लाख, दस्तुबाट ३५ लाख, हाटबट्टीकरबाट ६ लाख, श्रोत बाँडफाडबाट ३५ लाख, गत बर्षको अल्या १ करोड गरी जम्मा ४० करोड ९०लाख ८७ हजार बजेट सभामा आय प्रस्तुत गरेका थिए ।

 

यसैगरी आर्थिक बिकासमा १ करोड ४ लाख ३२ हजार,सामाजिक विकास १४ करोड १७ हजार, पूर्वाधार बिकासमा १० करोड ६ लाख ७५ हजार, वातावारण तथा विपत व्यावस्थापन १ करोड १४ लाख, संस्थागत विकास तथा सेवा प्रवाह २ करोड १४ लाख २० हजार, वित्तिय व्यावस्थापन र सुशासन ९ लाख, कार्यालय संचालन तथा प्रशासनीकमा १२ करोड ४९लाख ४३हजार, सामाजिक सुरक्षामा ६ करोड ५० लाख गरी जम्मा ४० करोड ९०लाख,८७ हजार प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०७४÷०७५ मा कुल योजना तथा कार्यक्रम संख्या ६३० वटा मध्ये ५५२ मात्र सम्पन्न भएको जनाएको छ । गत बर्ष कुल जम्मा चालु खर्च ९३.२६ प्रतिशत,कुल जम्मा पुजिगत खर्चमा ८०.१६प्रतिशत र जम्मा खर्च ८६.८९ प्रतिशत मात्र भएको थियो । कानेपोखरी गाउँपालिका भित्र ३.५ किलोमिटर कालोपत्रे सडक, २६ कि.मी सडक ग्राभेल,बयरवन स्वास्थ चौकीमा २४ घण्टे बर्थिङ सेन्टर,न्यायिक समितिमा ४३ वटा मुद्दाहरु फर्छौट भएको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *