शान्ति भुल्के सिमसारमा डुबेर एकको ज्यान गयो

असार ३१ गते, पथरीशनिश्चरे । पोखरीमा नुहाउने क्रममा पथरीशनिश्चरे नगरपालिका –१ को ४९ बर्षिय भूपालसिङ धिमालको ज्यान गएको छ ।

 

 

शान्ति सामुदायीक वनले संरक्षण गरेको शान्ति भुल्के सिमसारको पोखरी डुबेर धिमालको ज्यान गएको हो । पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो २ बजे ज्यान गएको थियो ।

 

 

पोखरीको डिलमा मृतक धिमालले लुगा खोलेर पोखरीमा पसेको स्थलगत तथ्य भेटिएको र उनको पथरी हस्पिटलमा उपचार गराउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयको इस्पेक्टर कमल बंजगाईले बताए ।

धिमाललाई पोष्टमाटमको लागी मंगलबारे हस्पिटल लगिएको र पोष्टमाटमको रिपोट आएपछि मात्र कसरी मृत्यु भयो भन्ने बारेमा थाहा हुने इस्पेक्टर बंजगाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *