उर्लावारीका दुई पत्रकार नगरपालिकाबाट पुरस्कृत

असार ३१ पथरीशनिश्चरे । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार घनश्याम भण्डारी र तेजन खड्का पुरस्कृत भएका छन् । आइतबार उर्लाबारी नगरपालिकाको दोस्रो नगरसभाको अवसरमा भण्डारी र खड्का पुरस्कृत भएका हुन् ।

 

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सम्मान पत्रसहित दोसल्ला ओढाएर उनिहरुलाई पुरस्कृत गरेका छन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल भण्डारीलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो भने खडका लाई खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गरिएको हो ।
भण्डारीलाई सम्मान पत्र, दोसल्ला र नगद १५ हजार ५ सय ५५ रुपैयाँ ले सम्मान गरिएको हो ।

२०५४ सालमा तेस्रो विश्व साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका भण्डारी पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । क्लबको हाल सल्लाहकारसमेत रहेका भण्डारी उर्लाबारी पेजका सम्पादक र पूर्वज्योति साप्ताहिकका सह–सम्पादक हुन् ।

 

त्यस्तै, विवेचना दैनिकका समाचारदाता खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । खड्कालाई सम्मान पत्र, दोसल्ला र नगद ११ हजार १ सय ५१ रुपैयाँ ले सम्मान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा विविध कारणले पत्रकार खड्का उपस्थित हुन नसकेपछि सो पुरस्कार सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत हस्तान्तरण गरिएको छ । २०६५ सालदेखि पत्रकारितामा सक्रिय खड्का परोपकारी पत्रकारितामा पनि सक्रिय रहदै आएका छन । खड्का सञ्चार क्लब नेपालका पूर्व सचिब हुन् ।

 

यसअघि उर्लाबारी नगरपालिकाबाट प्रदान गरिने विकास पत्रकारिता पुरस्कार जगन्नाथ भट्टराई र मदनबाबु प्रसाईँ तथा क्रियाशील पत्रकारिता पुरस्कार सरोज बस्नेत र गोविन्द पोखरेलले प्राप्त गरिसकेका छन् । त्यसअघि उर्लाबारी गाविस हुँदा दुर्गाप्रसाद भट्टराई, दुर्गाप्रसाद खतिवडा र केदार चौहान पुरस्कृत पुरस्कृत भएका थिए ।

उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्दै फागोले नगरपालिकाले गरेका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाई प्राथमिकता साथ जनतामाझ पुर्याउन अनुरोध गरेका छन । पत्रकारिता क्षेत्रलाई मर्या्दित बनाउनु पर्नेमा जोड दिँदै प्रमुख फागोले यस्तो बताएका हुन ।

सो कार्यक्रमा सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले नगरपालिकासँग सम्वयनात्मक भुमिकामा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । साथै सोही कार्यक्रममा पुरस्कृत पत्रकार घनश्याम भण्डारीले खुशी प्रकट गर्दै जिम्मेवारी बढेको महशुस भएको बताउदै पत्रकारिता क्षेत्रमा थप क्रियाशिल भएर लागि पर्ने उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *