पथरीशनिश्चरे नगरपालिकाको वजेट ६० करोड २९ लाख २७ हजार

पथरीशनिश्चरे असार ३१ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
असार २९ गते सम्पन्न तेस्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट आईतवार पत्रकार सम्मेलनको आयोजना गरी नगरका प्रवक्ता यामप्रसाद गुरागाँईले सार्वजनिक गरेका हुन ।

 

नगरपालिकाले आम्दानी तर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ८७५ लाख, राजश्व वर्गीकरणबाट ९ करोड २१ लाख २० हजार,प्रेदश सरकारबाट प्रात्प समानीकरण अनुदान४२ लाख २३ हजार ,एलजीसीडिपीबाट ७ लाख १७ हजार,सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार, आन्तरिक आय ४ करोड ६ लाख रुपियाँ आम्दानी हुने अनुमान गरेको छ ।
यसैगरी सामाजिक सुरक्षा अनुदान १० करोड ४६ लाख ७० हजार, गरीव सँग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान १७ करोड ११ लाख,सडक बोर्डबाट ४० लाख र जनसहभागिताबाट १ करोड ५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै खर्च तर्फ चालु प्रशासनिक खर्च ९ करोड २१ लाख २० हजार, सशर्त अनुदानको १७ करोड ११ लाख वडा कार्यलयहरूलाई विनियोजन गरी बाँकी ८ करोड ५० लाख पूर्वाधार र विकासमा खर्च हुने जनाइएको छ । सशर्त अनुदानका लागि प्राप्त सबै शीर्षकको रकम सोही शीर्षकमा खर्च हुनेछ ।

नगरले चालु आवमा ढल निकास परियोजनाका लागि जग्गा खरिद गर्न ६८ लाख रुपियाँ विनियोजन गरेको छ । विपन्नको घर आवास कार्यक्रमका लागि १५ लाख, खेलकुद प्रवद्र्धनका लागि ११ लाख,फोहोर मैला ब्यवस्थापनका लागि १० लाख रुपियाँ विनियोजन गरेको छ ।
यस्तै नगरले कृषि तथा सिंचाईका लागि ८५ लाख,लक्षित समूदाय प्रवद्र्धनका लागि ४५ लाख,विद्युत एवं उर्जाका लागि ३५ लाख ,मठ मन्दिरका लागि २१ लाख,विपद ब्यावस्थापनका लागि १० लाख रुपियाँ विनियोजन गरिएको छ ।

यसैगरी पशुपंक्षी विकासका लागि ३० लाख,स्थानीय सञ्चार संस्थाको प्रवद्र्धनका लागि ५ लाख, भाषा साहितयका लागि ५ लाख र पर्यटन विकासका लागि ५ लाख विनियोजन गरिएको छ ।

नगरले आव ०७३÷०७४ को तुलनामा गत आवमा आन्तरिक आय २३ दशमलव ४ प्रतिशतले वृद्धि भएको जनाएको छ । नगरपालिकाले गत आवमा नगरको ३७ सय मिटर सडक कालो पत्रे गरेको छ । यस्तै ७ हजार ५ सय मिटर नाला निर्माण गरेको छ । यस्तै २५ वटा कल्भर्ट निर्माण गरेको छ भने २६ हजार ३ सय मिटर सडक ग्राभेल गरेको छ ।

नगरका भौतिक पूर्वाधार समिति संयोजक बाबुराम एङ्देनको सभापतित्वमा पत्रकार सम्मेलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *