पथरीशनिश्चरेको तेस्रो नगरसभा सम्पन्न, ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत

असार २९,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको शुक्रवारसम्पन्न तेस्रो नगरसभाले आर्थिक वर्ष ०७५÷७६ का लागि सम्पूर्ण नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

 

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा शुक्रवार सम्पन्न सभाले यसअघि पारित हुन वाँकी रहेका नीति तथा कार्यक्रम पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताएका छन ।असार १० गतेको तेस्रो सभाले ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको थियो ।

 

वडाका लागि ८५ लाखको बजेट सिलिङ तोकिएको थियो । सभाले नीति तथा बजेट पारित गरिसकेको भएपनि कार्यक्रमिक योजनाको सम्पूर्ण विवरण वडाबाट आउन बाँकी रहेकाले दोस्रो पटकको सभाले छलफल गरी पारित गर्ने कार्यक्रम राखिएको थियो ।

 

सभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा आईतवार विहान पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा सार्वजनिक गरिने प्रवत्ता गुरागाईले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *