पथरीमा प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने

असार २८,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा यहि आसार ३० गते प्रथम पथरीशनिश्चरे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भएका खेलाडिहरुको स्तरउन्नती गर्ने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पथरीशनिश्चरे तेक्वान्दो डोजाङका अध्यक्ष मिलन राईले बताएका छन ।

जिल्लामा रहेका ९ ओटा डोजाङ समुहले प्रतियोगितामा सहभागिता जनाउने भएका छन । प्रतियोगितामा बिराटनगर , सुकुना, लक्ष्मिमार्ग, कानेपोखरी रमाइलो , गछिया, बिराटचौकको बिराट डोजाङ समुह, पुर्वाञ्चल, बेलबारी, गोठगाँउ र आयोजक पथरीशनिश्चरे डोजाङ्गको सहभागीता रहने सो प्रतियोगितामा प्रथम , द्दितिय र तृतीय हुनेलाइ क्रमशः स्वर्ण , कास्य ,रजत पदक र प्रमाणपत्र प्रदान गरिने पथरी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक राइले जानकारी दिएका छन ।

असार ३० गते शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा आयोजना हुने भएको छ । ४ उमेर समुहमा प्रतिस्पर्दा गराईने सो प्रतियोगितामा पुरुष तर्फ ४६÷४२÷३८÷३३ केजि तथा महिला तर्फ ४६÷४२ ÷ ३३ केजि उमेर समुहका खेलाडी बिच प्रतिस्पर्धा हुने भएको छ । खेल सञ्चालन गर्न करिब एक लाख खर्च हुने आयोजकले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *