बिहिबार नगरसभा, विपद व्यवस्थापन समिति गठन

असार २८,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट पारित भएपनि योजना छुट्याउने नगरसभा भोली हुने भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले वडाबाट आएका योजना तथा नगरका योजनाहरु विवरण सहित नगरसभाले पारित गर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । भोली विहान ७ बजेबाट नगरसभाको कार्यक्रम रहेको छ ।

बैठकले, नगर प्रमुख राई अध्यक्ष रहनेगरी नगर विपद् व्यवस्थापन समिति गठन गरेको छ । नगर उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी कार्यालय, रेडक्रस उपशाखा, उद्योग वाणिज्य संघ, स्थानीय विपदसंग सम्वन्धित सरोकारवाला संघ संस्थाका प्रतिनिधि रहने गरी समिति गठन भएको हो । वडाध्यक्षको अध्यक्षतामा वडा वडामा पनि समिति गठन गरिने निर्णय भएको छ ।

असार १० गतेको तेस्रो नगरसभाले ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको थियो । वडाका लागि ८५ लाखको बजेट सिलिङ तोकिएको थियो । नगरसभाले नीति तथा बजेट पारित गरिसकेको भएपनि कार्यक्रमिक योजनाको सम्पूर्ण विवरण वडाबाट आउन बाँकी रहेकाले दोस्रो पटकको सभाले छलफल गरी पारित गर्ने कार्यक्रम राखिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *