हडिया रेगुलेटरको साधारण सभा

मेचिनगर । हडिया रेगुलेटर जल उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मेचिनगर १४को वडाकार्यालयमा संस्थाका अध्यक्ष्न एवं मेचिनगर १४ का वडाध्यक्ष शंकर प्रसाद पोखरेलको अध्यक्षता, मेचिनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट उपभोत्ता र कृषकहरुलाई सम्मान गरिएको थियो । सम्मानित उभोक्ता, कृषकहरुमा तिलक पौडेल, भुवन ओली, खगेन्द्र कडरिया, मोहम्मद मुस्तफा, गंगा माया भुजेल र इन्द्र मोहन राजवंशी रहेका छन् ।

कोषाध्यक्ष अभिनारायण मैनालीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा निमार्ण व्यवसायी सुवास तामाङ, सिंचाई डिभिजन भद्रपुरका इन्जिनियर दुर्गा प्रसाद पोखरेल, राजनीतिक दलका नेताहरुले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष बाबुलाल सुब्बाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अनिल ढुंगानाले गरेका थिए ।

नेपाल सरकार डिभिजन सिंचाई विकास कार्यालय मार्फत गत आर्थिक वर्षमा पक्कि नहर निमार्णका लागि यस आयोजनालाई छनौट गरी ७ करोड रुपँैया विनियोजन गरेको र हाल निमार्ण कार्य धमाधम भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *