चलचित्र म्हेन्दूको छायाँकन युएई बाट फर्किएका रोहितबिक्रम कार्कीले गर्ने

प्रवासमा शिकेको शिपलाई पनि आफ्नु कर्मभूमिमा ब्यबसायीक कार्य गर्न सकिने उदाहरण बनेका छन युएईका चर्चित भिडियो निर्देशक तथा छायांकार रोहित बिक्रम कार्की | युएईमा बन्ने म्युजिक भिडियो छायाँकन तथा निर्देशनमा अबल स्थान बनाएका  रोहितबिक्रम कार्कीले नेपाली चलचित्र म्हेन्दूको छायांकन गर्ने भएका छन | कार्की  युएईमा सम्पन्न दोश्रो म्युजिक भिडियो अवार्ड समारोहमा उत्कृष्ट म्युजिक छायाकन बाट सम्मानित भएका थिए | 

चलचित्र म्हेन्दूको  शुभ मुर्हत गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको म्हेन्दू फिल्म मुर्हत कार्यक्रममा पर्यटन मन्त्रि रबिन्द्र अधिकारी, बरिस्ट कलाकार निर शाह लगायतको उपस्थिति रहेको थियो । हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबिचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली फिल्म बन्न लागेको हो ।

।  देब नेपालको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्म दैनिक जिबनमा  भइपरी आउने दैविक प्रकोपको पिडा अनि त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र रुढीबादी चिन्तनलाई कथाको रुपमा फिल्ममा प्रस्तुत गरिने छ । फिल्मको हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारीमा अबस्थित बिस्वकै सबै भन्दा अग्लो स्थानमा रहेका मानब बस्ति छार्कामा छायांकन गरिने छ ।  देब नेपालको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा सोनु राई, नव नायक भोला तिमल्सिना र रमेश सोढारी को अभिनय रहनेछ ।
एस राज कुमार, बिन्दा थिङ, कालु राणा, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडा आदि कलाकारको समेत फिल्ममा अभिनय रहने छ । अर्जुन प्रसाद डोटेल र रामकुमार अधिकारीले फिल्म संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेका यस फिल्ममा बुद्धिमान तामाङ र दुुर्गा साहारा खड्का सह निर्माता रहेका छन । सुदिप डोटेलको प्रस्तुति फिल्म म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीेले फिल्म छायांकन गर्नेछन् । फिल्म करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने छ ।
पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालको शब्द रहेको फिल्ममा समाबेस गीतिमा कुमार लामा योन्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाले फिल्मको गीतमा आवाज भरेका छन् । फिल्म भाद्र अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ । नेपाली, अंग्रजी, जापानिज र भोजपुरी भाषामा चलचित्रको डबिंग गरि अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गरिने समेत निर्माण टिमले जानकारी दिएको छ ।

मेराेफिल्मबाट
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *