पथरीशनिश्चेको स्वास्थ्य चौकी क्षेत्रमा ‘नमूना वस्ती’ को नक्साङ्कन् सुरु

फागुन २३ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित पथरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्दै त्यस क्षेत्रलाई एकीकृत नमूना वस्तीका रुपमा विकास गर्न नक्साङ्कन् सुरु गरेको छ ।

वडा नम्वर २ स्थित छयालिसविघेमा निमार्णधिण स्वास्थ्य चौकीलाई कम्तिमा २५ शैयाको अस्पताल वनाउने लक्ष्य सहित नयाँ भवनको र नमूना वस्तीको नक्साङ्कन् सुरु गरिएको हो । नगरपालिका कार्यालयले अस्पताल क्षेत्र वरीपरीको २० विगाहा ४ कठ्ठा साढे ८ धुर जग्गाको वस्तीलाई नमूना वस्ती वनाउने योजना रहेको छ ।

नगर प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाको उपस्थीतमा अस्पतालका जग्गादाता भेला भएर नक्साङ्कन्का क्रममा स्थलगत अवलोकन र नापजाँच थालिएको छ । नगरपालिकाका इन्जिनियर कृष्णप्रसाद कोइराल र अमिन सागर श्रेष्ठको टोलीले भवन उत्तरमा रहेको पूर्वपश्चिम बाटोको उत्तरपट्टिीको क्षेत्रको नापजाँच सकेको छ ।

पूर्वपश्चिम बाटोलाई ३० फिटको र अन्य भित्री बाटाहरु २० फुटको निर्माण गरिने गरी नापजाँच भएको छ । स्थानीयले १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण भएको छ । नगरपालिकाल नमूना वस्ती निर्माणमा लगानी गर्ने भएपछि अस्पतालका लागि थप साढे १३ कठ्ठा जग्गा समेत निःशुल्क उपलब्ध गराउन स्थानीय तयार भएका छन् ।

नमूना वस्तीका लागि ठाउँ ठाउँमा भित्री वाटाका लागि नापजाँच थालिएको अस्पताल निर्माण पहल अभियानका अगुवा वावुराम राईले वताए । हाल वनेको स्वास्थ्य चौकी भवनको पूर्वी छेउबाट दक्षिणमा ४ कठ्ठा २ धुर जग्गामा उत्तर दक्षिणको अस्पताल भवनको नक्सा तयार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *