संचारकर्मी रमेश छितिजले स्टेजमै नायिकालाई I LOVE YOU भने पछि

गत शुक्रबार दुबईमा सम्पन्न शुभ यात्रा साँझको कार्यक्रममा एउटा अनौठो दृश्य देखियो । नेपाली चलचित्रकी सुन्दरी नायिका नम्रता सापकोटा जब “नमस्ते “भन्दै स्टेज प्रवेश गरिन त्यही बखत पृष्ठभुमिमा एउटा  हिन्दि चलचित्रको टाइटल ट्रयाक गुन्जिरहेको थियो “हर घडी बदल रही हे  रुप जिन्दगी छाउ है कभी कभी धुप जिन्दगी ..हरपल यहाँ जी भर जी हो ..कल होना हो “त्यही बखत कार्यक्रम संचालक तथा युएईका परिचित संचारकर्मी रमेश छितिजले आफ्नो कथा सुरु गरे । ”मैले पनि जीवनमा एक जना मान्छेलाई अत्यन्तै माया गर्थे जो मान्छे आज दुबई आएको हुदा म यो कुरा सेयर गर्न लागिरहेको छु “ उनि निकै भाबुक र उत्साही पनि देखिन्थे ।  उता नायिका नम्रता सापकोटा आफुलाई किन स्टेज बोलाएको हो अनभिज्ञ देखिन्थिन अनि भन्छिन “के गर्न लाग्नु भएको तपाई ।‘’  लाग्थ्यो त्यहा कुनै चलचित्रको सुटिंग भइरहेको छ ।  पृष्ठभुमिमा गीतको धुन गुन्जिन थाल्छ “हर घडी बदल रही हो रुप जिन्दगी .. कथा सुरु हुन्छ संचारकर्मी रमेश छितिज चिन्तनबाट “आज भन्दा ५ बर्ष पहिले हाम्रो भेट चितवनमा भएको थियो ..एउटा फुची फुची केटि अनि सुन्दरी पनि ..त्यही बाट मैले तिमिलाई मन पराउनु थालेको थिए… तिमीलाई धेरै म्यासेजहरु गरे फोनहरु पनि गरे तर तिमीले जबाफ दिएको थिएनौ तर आज तिमी दुबईमा छौ ,आज यति धेरै मान्छेहरुको अगाडी म तिमीलाई एउटा कुरा भन्न गइरहेको छु  ‘‘Are you ready नम्रता ?’’ रमेश भाबुक मुद्रामा प्रश्न  गर्छन अनि नम्रता मन्दमुस्कानमा बोल्छिन ‘ready’ ।  लाग्थ्यो  त्यहा कुनै सास्कृतिक कार्यक्रम नभएर कसैको प्रेम प्रस्ताव भइरहेको छ, अनि दर्शकहरु नतमस्तक बनिरहेका थिए एकोहोरो । झन्डै ५ सय बढी दर्शकहरुको माझमा संचारकर्मी रमेश छितिजले जब नायिका नम्रता सापकोटाको हात समाउदै अगी बढे पृष्ठभूमिमा गित भन्दै थियो “हरपल यहाँ जी भर जी हो …जो हे समा कल हो ना हो ..”त्यही समय नायिका नम्रता अन्यौलमा थिइन् के भइरहेको छ भनेर ,छेउमै रहेका रमेश छितिजबाट प्रेम प्रस्ताबमय आवाज आउछ  “I love you नम्रता ’’I love you’’दर्शकहरुबाट गडगड ताली बज्छ । लाग्थ्यो त्यहा कुनै फिल्मको सुटिंग भइरहेको छ अनि नायकले नायिकालाई प्रेम प्रस्ताब राखीरहेको छन तर यथार्थमा बास्तबिकता अर्कै थियो । बास्तबिकतामा संचारकर्मी रमेश छितिजले चर्चित साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास “समर लभ “को प्रमोट गरिरहेका थिए जुन उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो जस भित्रका सम्बादहरु लगभग छितिजले प्रयोग गरेका जस्ता नै छन् । रमेश छितिज एक यस्ता संचारकर्मी हुन् जो स्टेज  कार्यक्रमहरुमा  उतिनै बेला समय परिस्थिति अनुसारको प्रसंग जोड्न सक्ने र दर्शकहरुको मन जित्न सक्ने उनको खुबी छ । गत शुक्रबारको उनको प्रेम प्रस्ताब  पनि त्यस्तै एउटा प्रसंग मात्र बनेको थियो । यथार्थमा चर्चित उपन्यास समर लभको कथामा हाल नेपाली कथानक  चलचित्र “समर लभ “निर्माण भइरहेको छ अनि प्रसंग मिलेको थियो त्यस चलचित्रकी  नायिका पनि उनै  नम्रता सापकोटा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *