पथरीमा तीन महिने बुटिक तालिम सुरु

फागुन २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–४, मा महिला लक्षित ३ महिने बुटिक तालिम सुरु भएको छ । तालिमको आइतबार एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेका थिए ।

उद्घाटन् कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले महिलाहरु परिनिर्भर नभई आफु आयआर्जनमुखी वन्नुपर्नेमा जोड दिँदै तालिम लिएर सिकेको सीपलाई व्यवहारमा उतार्न आव्हान गरेका छन् । उनीले गाउँ गाउँमा महिलाहरु व्यवसायिक वन्ने अभियान थाल्न अनुरोध गर्दै उत्पादित सामग्रीको वजारिकरणका लागि नगरपालिकाले पहल गर्ने समेत प्रष्ट्याए ।

कार्यक्रममा, नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना, ४ नम्वर वडा सदस्य अम्बर बराइली, तुलसा दर्जी सहितले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

निर्मला लिम्बूले सहजिकरण गर्ने सो तालिममा ३० जना महिला सहभागि हुने तालिम सञ्चालन समिति संयोजक गंगामाया सावाँले वताए । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत सो तालिमका लागि १ लाख ४० हजार बजेट छुट्टिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *