बाल क्बद्धारा उपमेयर सम्मानित

फागुन २७ गते, पथरी । मोरङको पथरीशनिश्चरेको नगर वाल सञ्जाल वडा नम्वर १० ले बाल अधिकारको क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित २ जनालाई सम्मान गरेको छ ।

शनिबार जिरिखिम्तीमा आयोजित वडा बाल क्लबको सार्वजनिक सुनुवाई कार्यक्रमका सन्दर्भमा उपप्रमुख वास्तोला र नमूना बाल गृह उर्लाबारीका सचिव तेजप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख वास्तोलाले नगरमा नैतिक शिक्षाको अध्यापनले वालवालिकालाई नैतिकता सिकाउने र आफ्नो अधिकारका लागि जानकार समेत वनाउने वताए । उहाँले गिट्टी कुट्ने महिलाको ढाडमा रहेका वालवालिकाले समेत वाल अधिकारको प्रत्याभूति गर्ने वातावरण वनाउनु पर्नेमा जोड दिए ।

नगरपालिका सूचना संयोजक भूपेन्द्र तिम्सिना, नेपाल जेसीजकी पूर्व राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरे, बाल सञ्जालका जिल्ला अध्यक्ष सञ्जीव भण्डारी, पथरी जेसीज अध्यक्ष टीकाविक्रम चौहान, इलाका प्रहरी कार्यालय प्रमुख विजय श्रेष्ठ सहितले बालबालिकालाई सृजनशिल वनाउन अभिभावकहरुसँग अन्तरक्रिया गर्नु आवश्यक रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *