जबजस्ती करणी गरेको आरोपमा युवा पक्राउ

रबिन्द्र बराल, फागुन २५ गत, रंगेली । मोरङको रंगेलीको एक जना युवालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार रंगेली नगरपालिका –६, स्थित लवटोलीका १७ बर्षीय सुभाष मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मण्डलले छिमेकी ९ बर्षीय बालिकालाई बुधबार साँझमा घरमै बसिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको थियो ।

मण्डललाई शुक्रबार नै जबजस्ती करणी ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संन्जिवबाबू खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *