रंगेली प्रहरी चौकीको भवन उद्घाटन

रबिन्द्र बराल, फागुन २३ गते, रंगेली । मोरङको रंगेली नगरपालिका–५ स्थित आमगाछिमा रहेको स्थाई प्रहरी चौकीको नयाँ दुई कोठे भवन उद्घाटन भएको छ ।

नगरपालिकाको सहयोगमा निर्मित प्रहरी चौकीको भवन बुधबार एक कार्यक्रमको आयोजना गरी मोरङ प्रहरी उपरीक्षक अरुण कुमार बिसीले उद्घाटन गरेको हो । चौकी उद्घाटन कायृक्रममा बोल्दै उपरीक्षक बिसिले प्रहरी र जनता नङमासुको सम्बन्ध रहेकोले प्रहरीले सर्वसाधारण हरुको जिउ धनको सुरक्षाका लागि २४ घन्टा तत्पर रहने र आफुले यस चौकीलाई सक्दो सहयोगको पहल गर्ने समेत बताए ।

नगरपालिकाको ६ लाख १८ हजार रुपैयाको लागतमा उक्त भवन निर्माण सम्पन भएको थियो । कार्यक्रममा बिष्ट अतिथि इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक संन्जिव बाबू खड्का, रंगेली नगरपालिका बडाध्यक्ष महान्द मंडल,स्थानीय नरेश कुमार मंडल,श्यमा मंन्डल,बुद्धिजीवी अशेश्वर मंडल र स्थानीय सर्वसाधारणहरुको समेत उपस्थित रहेको थियोे ।

निर्माण समितिका अध्यक्ष अशोककुमार मंण्डलले प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रहरी चौकिमा १४ जना दरवन्दि रहेता पनि प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षको कमान्डमा ६ जना प्रहरीले सुरक्षा गर्दै आएका छन् । प्रहरी चौकी नेपाल–भारत सिमाना देखि १ किलोमिटर उत्तरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *