‘किरात राज्य बन्दा हाम्रो पार्टी र मलाई गौरव हुन्छ, प्रचण्ड

अर्जुन जम्नेली राई, फागुन २३ गते, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एक नम्बर प्रदेशको नाम किरात बन्दा पार्टी र आफूलाई गौरव लाग्ने बताएका छन् ।

बुधबार किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा केन्द्रीय समितिले बुझाएको ज्ञापनपत्र लिने क्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । ज्ञापनपत्र पार्टी कार्यालय पेरिषडाडा पुगेर बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्ने क्रममा अध्यक्ष प्रचण्डले युद्ध कालमै किराती राष्ट्रिय मुक्ति मोर्चा गठन गर्ने क्रममा पूर्वी नेपालको उक्त भुखण्डलाई किरात नामाकरण गर्ने घोषणा गरेको बताए । ‘म आफै लिम्बुवान खम्बुवान भन्दा किरातको हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले भने ‘मलाई होइन बरु एमाले र कांग्रेसका नेतालाई भन्नुहोला ।’

ज्ञापन पत्र बुझाउन यायोक्खा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो, सल्लाहाकार दुर्गा राई, डा.ईन्द्रजीत राई, प्रदेश सांसद रामकुमार राई लगायतको टोली पेरिषडाडा पुगेका थिए । यायोक्खाले एक नम्बर प्रदेशलाई किरात स्वायत्त राज्य हुनुपर्ने लामो सयमदेखि माग गर्दै आएको छ ।

किरात एउटा जाती नभएर त्यो भूगोलमा बस्ने सम्पूर्ण जातिहरूको सभ्यता र साहुहिक सम्बोधन भएको बताउदै आएको छ । किरात सामुहिक पहिचानहुने यायोक्खाको तर्क छ । नेपालको भावनात्मक एकता र राष्ट्रियता बलियो बनाउनको लागि पनि प्रदेशको नाम किरात राखिनुपर्ने बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *