स्वास्थ्य चौकीको व्यावस्थापनमा सुधारको सुझाव

फागुन २२ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित पथरी स्वास्थ्य चौकीको व्यवस्थापन सुधारका लागि स्थानीय अगुवाले सुझाव दिएका छन्

जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा राष्ट्यि सामुदायिक विकास केन्द्रको सहजिकरणमा आज पथरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रममा त्यस्तो सुझाव दिइएको हो ।

कार्यक्रममा, साविक पथरी गाविका पूर्व अध्यक्ष तिलक वान्तवा, शनिश्चरे गाविस पूर्व अध्यक्ष मोहनकुमार न्यौपाने सहितका अगुवाले विरामीलाई काउन्सिलिङका साथ मुस्कान सहितको सेवामा जोड दिए ।

उहाँहरुले स्वास्थ्य चौकीमा स्वास्थ्य सम्बन्धी विद्युतीय जानकारीको व्यवस्था, औषधिको नियमित आपूर्ति, व्यवस्थापन समितिको नियमित बैठक, स्वच्छ खानेपानीको प्रवन्ध, शौचालयको उचित व्यवस्थापन सहितका सुझाव दिएका थिए ।

कार्यक्रममा, नगर प्रमुख दीलिपकुमार राईले स्वास्थ्य निकाय नगरपालिकामै आइसकेकाले यसको उचित व्यवस्थापन गर्न लागि पर्ने वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *