किरात याक्थुङ चुम्लुङ नगर दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा पर्शुराम

फागुन २० गते, पथरी । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

शनिबार पथरीशनिश्चरे १० सिरजंगा धार्मिक वनमा भएको अधिबेशनले पर्शुराम चोङ्बाङको अध्यक्षमा १३ सदस्य नगर शाखा समिति सर्वसहमतीले चयन भएको हो । समितिको उपाध्यक्षमा सुमन वनेम, सचिबमा प्रेम बहादुर पयाङ्गो, सहसचिवमा मौसम नेम्बाङ, कोषाध्यक्षमा दुर्गादेबी लिम्बू रहेका छन्।

त्यसैगरी सदस्यहरूमा सुमित्रा थाङ्देन, मानप्रसाद चोङ्बाङ, खोमा लिम्बू, गङ्गामाया सावा, सुरन्ता कान्दङ्वा, दलबहादुर थाङ्देन,लोकबहादुर सावदेन छ्न । अधिबेशनमा चुम्लुङ्का केन्द्रिय सदस्य खिममाया लिम्बू, नगरपालिकाका प्रमुख किशोर राई,चुम्लुङका जिल्ल अध्यक्ष विवेक लिम्बू, राष्ट्रीय परिसद सदस्य फिपराज बेघा, पुर्ब जिल्ला सचिब प्रेम वनेम, लिम्बू विद्यार्थी मन्च मोरङका अध्यक्ष इन्द्र चोङ्बाङलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *