गौरव दर्पणको ट्राफिक जामले तहल्का पिट्दै

“जता पनि हेरे हजुर पुर्बी रमाइलो “ बोलको गीतको अपार सफल्ता पछि नेपाली सांगीतिक जगतका चम्किला तारा गायक गौरब दर्पणको अर्को नया गीतको म्युजिक भिडियो अहिले बजारमा आएको छ । कृष्ण उदासीको शब्द तथा गायक स्वयम गौरब दर्पणको संगीत रहेको “नत्र ट्राफिक जाम हुन्छ दमक बजारमा “बोलको गितले अहिले सामाजिक संजाल फेसबुक देखि युटुबसम्म  निकै राम्रो  प्रतिक्रिया पाइरहेको छ । पूर्वको रमणीय शहर दमक बजारका बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई सुमन योन्जनले कैद  गरेका हुन् भने हेमन योन्जनले सम्पादन गरेका हुन् । गीतमा गायक गौरब दर्पणलाई गायिका माया गजुरेलले साथ दिएकी छिन ।  पछिल्लो समय नेपाली युवा पुस्ताहरुमा निकै प्रचलित हुदै गएको “बि बोइंग” डान्सलाई समाबेश गरिएको उक्त म्युजिक भिडियोमा कलाकार बिनोद न्यौपाने  र अन्जली अधिकारीलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने उक्त भिडियोको नृत्य निर्देशक कबि मिलन  हुन् ।

नेपाली  सांगीतिक जगतमा लामो समय देखि शास्त्रीय सगीतको अध्यान ,अध्यापन गर्दै देश तथा विदेशको अनुभवहरु समेटेका गायक गौरब दर्पणको हरेक गितहरुमा केहि नयापन पाउने गरिन्छ । पछिल्लो पटक  पुर्बी नेपालमा सबै भन्दा बढी बज्ने गितहरुमा गायक गौरब दर्पण र श्रीस्ट्री हिगमांगको पुर्बी रमाइलो बोलको गित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *